बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादीका प्रदेश संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएका थिए । आह्वान अनुसार नेकपा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको हस्ताक्षरसहित केसीले मुख्यमन्त्रीमा मागदावी पेश गरेका थिए ।
संविधानको व्यवस्था अनुसार धारा १६८(२) अनुसार गठन भएको सरकारको मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । यो व्यवस्था अनुसार मुख्यमन्त्री केसीले भदौ २६ गतेभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्छ ।
मुख्यमन्त्रीको सपथ केहीबेरमा प्रदेश प्रमुखको कार्यालयमा हुनेछ ।