रुपन्देही । पुर्व अर्थमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार बिष्णुप्रसाद पौडेलले तिनाउ वारि र पारिको विकास समान ढंगले अघि बढाउने बताउनुभएको छ ।
पछिल्लो समय पुर्वाधार विकासले विकास तिनाउ वारि र पारीको विभेद हटेको उहाँको भनाइ छ ।
आज बुटवल १३ का विभिन्न टोलमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उहाँले बुटवल चन्द्रौटा सडक ६ लेनमा स्तरोन्नति गर्न ३८ अर्वको स्रोत सुनिस्चित गरि निर्माण प्रक्रिया थालनी हुने जनाउँदै उहाँले यसले बुटवल१३ को विकासमा थप टेवा पुग्ने बताउनुभयो ।
झुम्सा खानेपानी आयोजना, तिनाउ नदीमा आकर्षक सिग्नेचर बृज निर्माण, तिनाउ दानव करिडोर सडक
र गोलपार्क गणेस्थान हुँदै सैनामैना चक्रपथ जोड्ने गरि पुर्वाधार निर्माणको काम अघि बढाइने उहाँले बताउनुभयो ।
सडक पुर्वाधारका दृष्टिकोणले यो ठाउँ नमुना बन्ने बताउँदै नेता पौडेलले विकासको जिम्मा आफुले लिने प्रतिबद्धता जनाउनुभयो ।
"यो निर्वाचनमा हामी आलोचना गर्न चाहान्नौ । हामी कुनै टीका टिप्पणी गर्दैनौ । हाम्रा योजना लिएर जान्छौ । " उहाँले बताउनुभयो ।
०७४ को आकडा भन्दा पनि फराकिलो मतान्तरका साथ विजयी बनाएर जनताको सेवा गर्ने मौका दिन आग्रह गर्नुभयो ।
" हिजो कुन पार्टीमा मत दिनुभयो त्यो चासोको विषय रहेन । अबको निर्वाचनमा एमाले उम्मेदवारका पक्षमा मत दिनुहुनेछ भन्ने विस्वास छ ।" उहाँले भन्नुभयो ।
विकासको अग्रणी जिल्ला रुपन्देहीमा
अब शिक्षा स्वास्थ्य र रोजगारी लाई समेत प्राथमिकता दिएर काम गर्ने उहाँको भनाइ छ ।
यसैबीच पुर्ब मन्त्री तथा नेकपा एमाले क्षेत्र नम्बर २(२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि पार्टीलाई मत दिन आग्रह गर्नुभएको छ ।
शिक्षा र स्वास्थ्य महङ्गो हुँदा गरीबको पहुँचमा हुन नसकेको जनाउदै सर्वसुलभ बनाउन एमाले उम्मेदवारका पक्षमा मतदान गर्न अनुरोध गर्नुभयो ।
आज बुटवल १३ का विभिन्न टोलमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उहाँले शिक्षा र स्वास्थ्यको उचित प्रबन्ध भए मात्रै सबै वर्गका जनताको समस्या समाधान हुने बताउनुभयो ।
गठबन्धक सरकारले धनीलाई धनी गरीबलाइ झन गरीब बनाउने नीति लियको जनाउदै उहाँले अब जनता सचेत नभए देशको स्थिति नाजुक हुनेमा जोड दिनुभयो ।
" गठबन्धन सरकारका कारण सुशासन कायम हुन स्केन भ्रष्टाचार झन बढ्यो, बेरोजगार बढ्यो । अब देश बनाउन एमालेको विकल्प छैन ", उहाँले भन्नुभयो ।
उहाँले समृद्धिको मुद्दा उठाउने पार्टी एमाले भएकाले एमालेले घोषणा गरेका २० ग्यारेन्टी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
सहि नेतृत्व छनौट गर्न मंसिर ४ को निर्वाचन महत्त्वपूर्ण हुने भएकाले विवेक प्रयोग गरी सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
३ महिना ९९ सय दिन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री भएर जनताको पक्षमा काम गरेको जनाउदै उहाँले यसको मूल्याकंन जनताले उल्लेख गर्नुभयो ।प्रादेशिक अस्पताल स्तरोन्नति गरि गुणस्तरीय सेवाका लागि साझा ढङले काम गर्ने उहाँले प्रतिवद्दता जनाउनुभयो ।