बुटवल-पाल्पामा पहिरो खसेर २ घर पुरिएका छन् भने एकजना बेपत्ता भएका छन्। रिब्दीकोट गाउँपालिका ६ धुस्तुङमा पहिरो खसेर केसुराम सारु मगर र राम बहादुर उचईको ढुङ्गा माटो र जस्ताले बनेको ३ तले घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
पहिरोले घर पुर्दा केसुरामकी श्रीमती ५९ वर्षीय कृष्ण कुमारी सारु पहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराइले जानकारी दिए।
निरन्तर पानी परिरहेको र घर माथि मोटरबाटोबाट ढुङ्गा माटो सहितको लेदो बगिरहेका कारण तत्काल उद्दार गर्न कठिनाई भएको प्रहरीले जनाएको छ।