बुटवल । बुटवलको आकाशमा आज १४ पटक प्याराग्लाईडिङको सफल परिक्षण उडान र अवतरण गरिएको छ । नुवाकोटको चुरे पहाडादेखि बुटवलको उडान सुरु गरि बुटवल शहरको परिक्रमा गर्दै बदेलपोखरीमा अवतरण गरिएको हो ।
७ जना पाईलटले प्याराग्लाईडिङबाट १४ पटकसम्म उडान र अवतरण गरेको लुम्बिनी इगल आई एड्भेन्चर प्रालिका अध्यक्ष डाक्टर किशन थापाले जानकारी दिए। बाबु एड्भेन्चर प्यारागलाईडिङ प्रालि स्याङजाको प्राविधिक सहयोगमा उडान गरिएको र अबको केही समय पछि बुटवलमा ब्यवसायिक उडान सुरु गरिने थापाको भनाई छ ।