काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने गण्डक ब्यारेजमा पानीको बहाव बढेको छ। शनिबार बिहान ९ बजेको विवरणअनुसार गण्डक ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ।
गण्डक ब्यारेज, वाल्मीकिनगरका अनुसार ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह ३५९.४० फिट र तल्लो तटीय क्षेत्रमा ३५६.८० फिट मापन गरिएको छ। ब्यारेजको तल्लो तर्फ पनि २ लाख ७३ हजार ६ सय क्युसेक पानीको बहाव रहेको छ।
गण्डक ब्यारेजको संरचना पुरानो भएकाले ३ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिँदै आएको छ। हाल ब्यारेजमा प्रवाह भइरहेको पानीको मात्रा उक्त सीमाभन्दा करिब २६ हजार ४ सय क्युसेक कम छ।