दाङ- खाना बनाउँदा आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। तुुलसीपुर उपमहानगरपालिका वडा नं. १० चैलाहीकी ५५ बर्षीया मिनकला खड्काको गएराति साढे दश बजेतिर पाल्पामा उपचारका क्रममा मृत्यु भएको हाे।
खड्का पुस १० गते विहान घरमै अगेनामा खाना पकाउन बालेको आगोले सारीमा आगो सल्केपछि जलेर गम्भीर घाइते भएकी थिइन। सारीबाट सल्केको आगोले खड्काका दुबै खुट्टा, ढाड लगाएका विभिन्न स्थानमा गहिरो घाउ खत भएको थियो।
उनलाई उपचारका लागि दाङ, बाँके हुँदै पाल्पासम्म उपचारका लागि लगिएको भएपनि उपचार संभव नभएका कारण गएराति उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ।