काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिरहेका छन्। बालुवाटारमा आकस्मीक स्थायी कमिटीको बैठक बोलाएका ओली राष्ट्रपतिलाई भेट्न आइतबार दिउँसो शितलनिवास पुगेका हुन्।
भेटमा लुम्बिनी प्रदेशलगायतमा देखिएका राजनीतिक घटनाक्रम, कोरोना महामारीलगायत विषयमा छलफल हुने बताइएको छ।