प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत गुमाएका छन् । आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको लिन प्रस्ताव पेश गरेका थिए । आज प्रतिनिधि सभामा भएको मतदानमा ओलीको पक्षमा ९३ मत मात्र आएको छ ।
विपक्षमा १ सय २४ मत परेको छ। १५ जनाले मत दिन्न भन्नेमा हस्ताक्षर गरेका थिए। प्रस्तावमा भएको मतदानमा कुल २ सय ३२ मत खसेको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्रले र राष्ट्रिय जनमोर्चाले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पनि विपक्षमा मतदान गरेका थिए भने महन्त ठाकुर पक्षका सांसदले दुबै तर्फ मत दिएनन्।
विश्वासको मतको पक्षमा सत्तारुढ एमालेका सांसदसँगै नेमकिपा, राप्रपाले मत दिएका थिए । तर एमालेकै माधव नेपाल पक्षका सांसद भने बैठकमा अनुपस्थित रहेका थिए ।