बुटवल । नेकपा एमालेका प्रदेश सांसद लिला गिरीले लुम्बिनी प्रदेश सरकार अल्पमतमा नरहेको दावी गरेका छन् । लुम्बिनी प्रदेशको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसद गिरीले सरकार बहुमतका आधारमा संविधानको धारा १६८ उपधारा १ बमोजिम गठन भएको बताउँदैं अब दुई बर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने समेत जिकिर गरे ।
उनले भने–‘संविधानको धारा १६८ उपधारा १ बमोजिम गठन भएको सरकारविरुद्ध अविश्वास प्रस्ताव राख्न पाइने व्यवस्था के छ ? हेरौं ।’
उनले अगाडि बढ्दै लुम्बिनी प्रदेश सरकार अल्पमतमा नरहेको समेत दावी गरे । उनले भने–‘म दावाका साथ भन्छु सरकार अल्पमतमा छैन, पूर्ण बहुमतमा छ ।’ आज बुधबार बसेको प्रदेश सभा बैठकमा सत्तापक्षका तर्फबाट सांसद गिरी मात्रै बोलेका थिए ।
आजको बैठकमा विपक्षी प्रदेशसभा सदस्यले सरकार अल्पमतमा रहेको भन्दै मुख्यमन्त्रीको राजीनामा माग गरेका थिए ।