बुटवल । लुम्बिनी प्रदेशको आगामी आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम आज आइतबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले पारित भएको हो ।
मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नीति कार्यक्रम बहुमतले पारित गरियोस् भनि प्रदेश सभामा पेश गरेका थिए ।