काठमाडौं- सुनको भाउमा आज फेरि नयाँ कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको २ लाख ३५ हजार ४०० रुपैयाँ नाघेको छ । हिजोको भाउमा तोलाको २ हजार तीन सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।