पाल्पा-पाल्पाकाे वगनाशकाली गाउँपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन्। वगनाशकाली गाउँपालिका ७, खानीगाउँ झाँक्रिस्थान बस्ने दिपक भट्टराई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए।
३५ वर्षीय भट्टराइ आफ्नै घरदेखि ५ सय मिटर पर बिहीबार साँझ ७ः३० बजे मृत अवस्थामा भेटिएका हुन्। भट्टराइकाे शव बारीकाे कुनामा भेटिएकाे र घटनाकाे बारेमा थप अनुसन्धान जारी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ।