बुटवल-रुपन्देहीमा तिनाउ नदीमा २ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सियारी गाउँपालिका ३ जगहताका गोपालमणि चौधरीकी ६ वर्षीया छोरी ज्योति चौधरी मामाघरकी हजुरआमासँग बाख्रा चराउन गएको अवस्थामा तिनाउ खोलामा बेपत्ता भएकी हुन्।
इलाका प्रहरी कार्यालय बेथरीको टोलीले खोजतलास जारी राखेको प्रहरीले जनाएको छ।
यस्तै बुटवल उप-महानगरपालिका वार्ड नं.-११ झोलुङगेपुल स्थित तिनाउ नदीमा पौडी खेल्ने १९ वर्षका हरि दर्जी बेपत्ता भएका हुन्।
वडा प्रहरी कार्यालय बुटवलले उनको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए।