पृथ्वी अरबौं वर्ष रहन्छ । एउटा मनिसको जिन्दगी अधिकतम बाँचे सय वर्ष मात्र हो । पुर्खाले जीवेम शरद ः शतम् भनेको ठिकै हो । यसरी यति मूल्यवान जिन्दगीलाई सार्थक पार्न सके हाम्रो कर्तव्य पूरा हुन्छ । उही मान्छे फेरि अर्को जुनीमा फर्केर आउन सक्दैन । यी कुरा फगत कथा मात्र हुन् ।
वंशगत शृङ्खलामा बाबु, छोरा छोरीे, नाति नातिनी, पनाति, पनातिनी खनाति खनातिनी हुँदै वंश शृङखलामा जन्मदैर विन्यस्त हुँदै जाने हो । आफ्नो पुनर्जन्म त बाबु आमाका गुण बोकेर आएका छोराछोरी, नाति नातिनी, पनातिना पनातिनीबाट हुन्छ । मान्छेलाई आफै फर्किएर अर्को जुनीमा आउन सम्भव छैन । त्यसैले यही लोकमा आफू जीवित छँदै गरिएका लोकोपकारी कामको परिणाम नै महत्वपूर्ण उपलब्धि हो । त्यसैबाट जीवन अजरअमर रहन्छ ।जीन्दगीको मूल्याङ्कन निकटताले मात्र गरिदैन, उसले छोडेका कृतिहरुबाट गरिन्छ । परिणामहरुबाट गरिन्छ ।
वास्तवमा मृत्यु बाहिरबाट आउँदैन, त्यो भित्रबाट आउँछ । आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैनत्यो, इन्दै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो । यो भावनात्मक श्लोक हो । मनिसको मृत्यु आन्तरिक गडबडीका कारण आउँछ । बाहिरबाट खातापाता बोकेर लिन आउँदैन ।मृत्यु किड्नी फेल भएर आउँछ । उच्च रक्तचाप र निम्न रक्तचापबाट आउँछ । ब्लड प्रेसरबाट आउँछ । क्यान्सरलगायतका दीर्घकालीन रोगव्यधीबाट आउँछ । मुटुकाभल्भहरु बन्द भएर आउँछ । स्नायु प्रणालीमा आघात भएमा आउँछ । निश्चत समयपछि हाम्रो शारीरिक अङगहरु कमजोर र रुग्ण हुँदै जाँदा संवेदनशील अङगहरुको आपसी सम्बन्ध टुटेर आउँछ । यति महत्वपूर्ण जीवनको विघटनपछि आफ्ना सन्तानहरुले त्यस सबलाई आदरपूर्वक संस्कार गर्छन् । त्यही संस्कार नै और्धोदेहिक क्रिया हो । त्यही सिलसिलामा सामाजिक साँस्कृतिक योगदान दिएका अमर व्यक्तित्वस्वर्गीय चन्द्रकान्त पन्थीको सातौै पुण्य तिथिको दिन श्रद्धान्जली सभामा भाग लिइरहेका छौं । यो दुखद घडीमा हामी झोलुङगेपुल टोल संस्था परिवारको तर्फबाट हार्दिक श्रद्धान्जली तथा परिवार तथा आफन्तजनमा समवेदना ।
पन्थीको वंशावली अनुसार नेपाल राज्यको एकीकरणपूर्व मल्लकालीन पालामा वि.स.ं १३ औं शताब्दीको पूर्वसन्ध्यामा डोटी डडेल्धुराको बाटो हुँदै वर्तमान गुल्मी धुर्कोटमा आएका पन्थीका पुर्खाहरु दरबारिया पण्डित थिए भन्ने इतिहास भेटिन्छ । तिनै सुसंस्कृत पन्थी थरमा हालको मदाने गाउँपालिका वडा नम्बर७ गैराखर्क खहरेखोला निबासी बुवा लोकनाथ पन्थी र आमा लिलादेवी पन्थीको कोखबाट वि.सं. २००० साल वैशाख महिनामा चन्द्रकान्त पन्थीको जन्म भएको हो । उहाँले संस्कृत भाषा र साहित्यमा वनारसबाट शास्त्रीसम्मको अध्ययन गर्नु भएको छ ।
चन्द्रकान्त पन्थीका २ छोरा छोरा ३ छोरीहरु छन् । उहाँको धर्मपत्नीको नाम गायत्रीदेवी पन्थी हो । गायत्री पन्थीको कोखबाट छोरीहरु कविता करुणा र कल्पना जन्मे । कविता अधिकृत छन् । छोराहरुमा हिरणय पन्थी र राजेन्द्र पन्थी जन्मे । हिरण्य पन्थी वाणिज्य क्याम्पस तथा अक्सफोर्ड क्याम्पसमा प्राध्यापक हुनुहुन्छ । उहाँको जेठी बुहारीपुष्पा पन्थी सिद्धेश्वरी स्कूलमा शिक्षिकाहुनुहुन्छ । कान्छा छोरा राजेन्द्र पन्थी र इन्दु आचार्यको परिवार अमेरिकामा बस्नुहुन्छ । भाइहरु कृष्णप्रसाद पन्थी, टिकाराम पन्थी र ईश्वरी पन्थी हुनुहुन्छ । कृष्णप्रसाद शिक्षक हुनु भयो भने ईश्वरी अधिकृत र टिकाराम पन्थी इन्जिनियर हुनुभयो ।
चन्द्रकान्त पन्थीको परिवार शिक्षित परिवार हो । यो परिवारको शिक्षादीक्षामा महत्वपूर्ण भूमिका खेल्ने गुरुहरुमाप्रज्ञाचक्षु पं केशवराज पौडेल,नारायणप्रसाद पौडेल र घनश्याम आचार्यहुनुहुन्थ्यो । पूर्वीय दर्शन, मूल्य मान्यताको आदर्शपथको अनुशीलन र उक्त आदर्शलाई जीवनशैलीमा अनुवाद गर्ने कुरामा उहाँको परिवार निष्ठापूर्ण ढङ्गले लागेको देखिन्छ । परिवारका सबै सदस्यहरु सुसंस्कृत देखिन्छन् ।
स्वर्गीय चन्द्रकान्त पन्थीको शैक्षिक योगदान निकै महत्वपूर्ण छ । उहाँको सक्रियताका कारण भन्भनेमा शिक्षाको ज्योति झल्केको हो । उहाँले भन्भनेलाई गर्वका साथ मेरो भन्भने भन्नुहुन्थ्यो । उहाँको दृढ संकल्प यतिसम्म हुन्थ्यो कि यहाँँ निमावि स्वीकृत नहुँदासम्म मैले दारी कपाल फाल्दिन भनेर अड्डी कसेर बस्नु भएकोसम्म उदाहरण देखिन्छ । पछि निमावि स्वीकृत भएपछि दाह्री कपाल फाल्नु भएको हो ।
उहाँको पिताजी पनि त्यति नै शिक्षाप्रेमी हो । लोकनाथ पन्थीको योगदान निकै महत्वपूर्ण छ । उहाँहरुको परिवारको प्रेरणाको कारण दाद्र, टिमुरखर्क, डडुवा, भीरकटेरी, कोलडाँडा, वडाचौरलगायतका ठाउँमा प्राविहरु खोलिदै गए ।शिक्षाको ज्योति फैलदै गयो । त्यसमा चन्द्रकान्त पन्थी र उहाँको परिवारको प्रभाव रहेको छ ।
स्वर्गीय चन्द्रकान्त पन्थीका पिता लोकनाथ पन्थीसँग सहकार्य गर्नेशिक्षा प्रेमीहरुमा पं. कुलप्रसाद पन्थी, ईश्वरीप्रसाद पन्थी, चिरन्जीवी पन्थी, लालु उपाध्याय, केशवराज पन्थी, गोविन्द्रराज पोखरेल, यज्ञपति पन्थी, धर्मराज पौड्याल, रोमहर्ष पन्थी, कमान सिंह घर्ती, कमलापति पन्थी, निकलण्ठ पन्थी, चेतनाथ पन्थी, यज्ञपति पन्थी, बालानन्द पन्थी, जुद्धवीर केसी, विष्ण्ु केसी, थानेश्वर भण्डारी, रामबहादुर थापाको नाम आउँछ । उहाँहरुको साझा अभियानमा विद्यालयहरु खोलिएका छन् । त्यसको विषयमा चन्द्रकान्त पन्थीको भूमिका पनि महत्वपूर्ण छ । साथै त्यो समयमा भन्भनेको शैक्षिक आन्दोलनमा योगदान दिने शिक्षकहरुमा मुरलीधर पन्थी, कुलबहादुर घर्ती, कुलप्रसाद पन्थी, सम्भु पन्थी, गुणनिधि पन्थी, निमबहादुर घर्ती, चन्द्रकान्त पोखरेल हुनुहुन्छ ।
वि.सं. २०१५ सालपछि दलाने पाठशालाहरु संस्थागत विद्यालयहरुमा बदलिएका छन् । त्यहाँ पनि दलाने पाठशाला ज्ञानचक्षु प्राथमिक विद्यालय बनेको हो । त्यहाँको शैक्षिक जागरणनिकै महत्वपूर्ण छ । त्यहाँबाट धेरैभन्दा धेरै विद्यार्थीहरु मुलुकका विभिन्न तहमा पुगेर राष्ट्रको योगदान गरिहेका छन् ।
शुरुमा १५ सालको आम निर्वाचनमा नेपाली कङग्रेसको नेतृत्वमा निलाम्बर पन्थीबाटसाँसद जितेको समयमा १६ सालमा ज्ञानचक्षु विद्यालयको शिलन्यास भएदेखि चन्द्रकान्त पन्थीको योगदान महत्वपूर्ण देखिन्छ । उहाँले सरकारी जागीर छोडेर पिताजीको आग्रहमा गाउँमै शिक्षण सेवा गरेको देखिन्छ । त्यो समयमा अर्थाभावको कारण र विद्यार्थी संख्या कम भएको कारण शैक्षिक जागरणमा निकै दुःख व्यहोर्नु प¥यो । शुरु शुरुमा जनतामा शिक्षाप्रतिको विश्वास त्यति राम्रो थिएन । हरेक नयाँ मूल्यसहजै जन्मदैन, त्यसले पनि प्रसव वेदना भोगेरै आउँछ । त्यो समयमा यतिसम्म अर्थाभाव यति थियो कि कुलबहादुर घर्ती कुलप्रसाद पन्थी, चिन्तामणि पौडेलले वार्षिक २१०० । रुपैयाँ तलब आपसमा बाँडेर पढाउनुहुन्थ्यो ।
चन्द्रकान्त पन्थीको राजनीतिक जीवन पनि सक्रिय देखिन्छ । आफ्नो बाबु लोकनाथ पन्थी कङग्रेसको स्थानीय नेता हो । २०१५ सालको निर्वाचनमा निलाम्बर पन्थीको चुनावमाबरन्डीकोट लगाएर प्रचार प्रसार गर्न हिडेको देखी गाउँलेहरुलेबुढाकोटे काङग्रेस नाम नै राखिदिएका थिए । पछि चन्द्रकान्त वनासरमाअध्ययनको सिलसिलामा जाँदा पुष्पलालको सान्निध्यमा आएपछि नेकपाप्रति झुकाव राख्न थाल्नु भयो । त्यसै नेकपामा सक्रिय हुन थालेपछि भन्भनेतिर वामपन्थी विचारको लहर नै चल्न थाल्यो । एकातिर राजनीतिक जागरणमा सक्रिय देखिनु भयो भने अर्कातिर शैक्षिक जागरणमा पनि दत्तचित्तका साथ लाग्नु भयो ।२०४६ सालको आन्दोलनपछि उहाँको पिताजी पनि छोराछोरीहरुका कारण वामपन्थी विचारमा ढल्नु भएको देखिन्छ ।
स्वर्गीय चन्द्रकान्त पन्थी एक पटक निर्वाचनमा प्रधानपन्चको रुपमा उठ्नु भयो । गाउँपञ्चायतको निर्वाचनमा जुद्धवीर केसीसँग प्रतिस्पर्धा हुँदा उहाँ उप विजेता हुनु प¥यो, तर जुद्धवीर केसीले चन्द्रकान्त पन्थीको व्यक्तित्वबाट निकै प्रभावित भएका थिए । प्रतिस्पर्धी भए पनि जुद्धवीर र चन्द्रकान्त दुबै मिलेर त्यो क्षेत्रको विकासमा लाग्नु भएको थियो । त्यो ठाउँको निरन्तर विकासमा लागेका चन्द्रकान्त पन्थी २०५३ सालमा स्वेच्छिक अवकास लिएर बसाई सराई गरी सपरिवार कपिलवस्तु तौलिहवामा सर्नु भयो । तौलीहवाबाट पनि सरेर बुटवल १३ झलुङगेपुलमा आउनु भयो ।
चन्द्रकान्त पन्थीले अवकासको समयलाई निकै रचनात्मक बनाउनुु भयो । त्यो समयमा मुलुकभरमा जनयुद्धको लहर चलेको थियो । गाउँ गाउँबाट सामन्त सूदखोर र जमिन्दारहरु विस्थापित हुँदै मुलुकका ठूला सहरहरुमा बसाई सर्दै थिए । तर भन्भनेमा भने त्यस्तो विस्थापनको शिकारमा कोही पर्नु परेन । त्यहाँका व्यक्तिहरु व्यवसाय तथा नोकरीका कारण सहरतिर बसाई सरिरहेका थिए र अहिले पनि सर्दैछन् ।
चन्द्रकान्त पन्थीले पनि दबाबले नभई स्वतःस्फूर्त रुपमा सहर पसेर विद्वत कर्ममा लाग्नु भयो । उहाँले सबैभन्दा पहिला आफ्नो वंशप्रतिको कर्तय पूरा गनर््भयो । आफ्नै गौली पन्थी समाजको गठन, वंशावली तयार गर्ने कठोर काममा लाग्नु भयो । उक्त काममा उहाँले सफलता हासिल गर्नु भयो । उहाँले आफ्नो माता पिताजीकोको नाममा लोकलिला स्मृति ग्रन्थ तयार पार्नु भयो । पन्थी वार्षिक मुखपत्र प्रकाशन गर्नु भयो । पछिल्लोपटक फर्केर सम्झदा कृति प्रकाशित भयो । चन्द्रकान्त पन्थीका अन्य फुटकर लेखहरु थुप्रै छन् । फर्केर सम्झदालाई पुनः संस्करण गर्ने योजना बनाउँदा बनाउँदै उहाँ थलिनु भयो । धेरै लामो समयसम्म व्यथाले च्याप्दै लग्यो । उहाँ यही माघ २७ मासंसार छोडेर महाप्रस्थान गर्नु भयो ।
उहाँ धार्मिक स्वभावको व्यक्ति हो । हिन्दु धर्ममा रहेका सबै संस्कारहरु, चाडपर्वहरु विधिपूर्वक पूरा गर्नु हुन्थ्यो । खान र दान गर्न सक्ने परिवारलाई खानदानी परिवार भनिन्छ । उहाँहरुले शैक्षिक विकास र धार्मिक काममा दान दिनु भयो । उहाँका पाइलाका डोबहरुमा टेकेर नयाँ सिर्जनशील र सभ्य समाज निर्माणमा उहाँहरुका छोराछोरी लाग्नु भएको छ ।उहाँको योगदानको चीरस्मरण गर्ने, भविश्यका सन्ततिहरुलाई आफ्नो वंशका सम्पुज्य व्यक्तित्वप्रति गर्व गर्न सिकाउने, र त्यसबाट साहित्य समाजसेवामा लागेकाहरुलाई सम्मान पुरस्कार दिने काम गर्न सकिन्छ ।त्यसो गर्नुपर्छ ।
अन्त्यमा स्वर्गीय चन्द्रकान्त पन्थी हाम्रा प्रातःस्मरणीय अग्रज हुन्ुहुन्छ । उहाँले देखाएको बाटोमा हिंड्नु पर्छ । त्यो नै सत्सङ्ग हो । सत्सङ्ग गर्न मन्दिरमै धाउनु पर्दैन । सत्सङ्ग सबैको मनको मन्दिरमा छ । असल व्यक्तिको संगत गर्नु नै सत्सङ्ग हो । हामी पनि हाम्रो टोल समाजमा उहाँका असल गुणहरुको अनुशरण गर्ने वाचा गर्छाैं । उहाँसँग धेरै समय सत्सङ्ग गर्न पाएनौ ।स्वर्गीय चन्द्रकान्त पन्थीप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै परिवार तथा आफन्तजनहरुमा गहिरो समवेदना प्रकट गर्छाैं ।