कपिलवस्तु । कपिलवस्तुमा सेवाग्राहीसँग घुस लिँदै गर्दा २ जना खरिदार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले जिल्ला मालपोत कार्यालय कपिलवस्तुमा कार्यरत खरिदार सुर्य प्रसाद मिश्रा र दुर्गाप्रसाद चौधरीलाई ६ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
मोही जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा कार्यालय भित्रैबाट दुई कर्मचारीलाई नियन्त्रणमा लिईएको अख्तियार बुटवलले जनाएको छ ।