हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शासकीय स्वरुपलाई अँगाल्दै अगाडि बढ्दैछौं । स्थानीय तह, प्रदेश र संघका सरकार कसरी देशलाई समृद्धितिर उन्मुख गराउने भन्नेमा लागेका छन् । नेपालीको चासोको विषय बनेको छ । भौतिक विकासको लागि विकासका पूर्वाधार र पक्का साथै निर्मम योजनाको सोंच आवश्यकता पर्दछ । यसको आप्mनै स्थान छ । यसलाई नकार्न सकिदैन । यो सोंचको अभावमा विकास एकाङ्की हुन जान्छ ।
हामीले जुन सुरम्य नेपाल कल्पना राखेका छौं, त्यस लक्ष्यमा पुग्न सकिदैन । गन्तव्यमा पुगेर लक्ष्य प्राप्ति गर्न जति भौतिक विकासको खाँचो हुन्छ, उत्तिनै मानसिक र राष्ट्रिय चेतनाको खाँचो पनि हुन्छ । यस कुराको अभिवृद्धिको खातिर हाम्रो इतिहासको पहिचान हो । हामी हिड्दा जसरी पछाडिको खुट्टा उचाल्दछौं, अगाडिको खुट्टा दर्विलो गरी टेक्छौं र पछाछिको उचालिएको खुट्टाले सजिलो र सुरक्षित स्थानमा टेक्दै अगाडि पाइला बढाउँछौं ।
यसरी नै इतिहासलाई आत्मसात गर्दै, वर्तमानमा बलियोसँग उभिदै भविष्यतिर लम्कन्छौं । देश विकास र देशको समृद्धिको एउटा महत्वपूर्ण पाटो इतिहास पनि हो । नेपालीसँग यस्ता इतिहासको श्रृखलाका थुप्रै कडिहरु छन् जसले हामीलाई अगाडि बढ्न उत्प्रेरित पार्ने गर्दछ । त्यो श्रृखलाको एउटा कडि एङ्ग्लो नेपाल वार र यसको समर सौन्दर्य पनि हो । युद्धमा के नै सौन्दर्य हुन्छ होला र ? यो जिज्ञास पक्कै उठने गर्छ तर यस युद्धमा नेपालीले जुन वीरता, धीरता राष्ट्रियताको जुन मिसाल प्रस्तुत गरे, त्यो इतिहास प्रसिद्ध छ ।
नेपालीको सुन्दर साँगा हो । त्यसबखत कहिल्य पनि सूर्य नअस्ताउने भू–भाग ओगटेर आप्mनो साम्राज्य पैmलाइ रहेको ईष्ट इण्डिया कम्पनी सरकारको पाइला थामिएको थियो । त्यही गौरवमय इतिहास बोकेको यस ठाउँमा, यस माटोमा एवम् हाम्रा पूर्खाको रगत पसिनाले सिंचिएको यस भूमिमा हामी सामेल भएका छौं कि हाम्रो गौरवमय इतिहास, नेपालीको वीरता, धीरता र राष्ट्रियतालाई नेपालीको स्पन्दनसँग साट्न सकौं ।
एङ्ग्लो नेपाल वार हुनुअघि नेपालको स्थिति
किलाबन्दी युद्ध ‘सीज वार फेयर’ संसारमा एकसय छ्यासठ्ठी वर्षैसम्म चलेको थियो । गढीको निर्माण र किलाबन्दी युद्ध सोही युद्धकला अन्तर्गत नेपालको राज्यविस्तार अभियान नुवाकोटको लडाई, कीर्तिपुरको लडाई, मकवानपुरको लडाई, सिन्धुलीको लडाई, किल्ला काँगडाको लडाई आदि गरी वि.सं. १८०१ देखि वि.सं. १८६९ साल तक ६८ वर्षसम्म एकपछि अर्को ७८ गोटा लडाईहरु भएको थियो ।
यसको साथै किल्लावन्दी लडाई नालापानी, जैथक, देउथल र जीतगढीमा अंग्रेजसँग लडिसकेको थियो । अनि नेपाल तिब्बत युद्ध, नेपाल चीन तिब्बत युद्ध र दोश्रो नेपाल तिब्बत युद्ध पनि यही युद्धकलालाई अपनाइ लडेको थियो । नेपालीले लडेका यी युद्धहरु आप्mनै बुटा, आप्mनै धरातलमा उभिएको थियो । देशको आर्थिक अवस्था बलियो थियो । कसैको जि–हजुरी गर्नु पर्ने वेला थिएन ।
सिमित आवश्यकतालाई सिमित साधनले थेग्दा नेपाल आत्म निर्भर नै थियो । आत्मनिर्भरता र नेपालीको जुन राज्यविस्तार अभियानलाई न चीनलाई चित्त बुझेको थियो न कम्पनी सरकारलाई नै चित्त बुझेको थियो ।
दुवै सरकारले यो अभियानलाई रोक्न खोजिरहेका थिए । खास गरेर ईष्ट इण्डिया कम्पनीको बढी चासो रहेको थियो । आफूलाई अब्बल दर्जाको ठान्ने कहिल्यै पनि दोस्रो नमान्ने सोच बोकेका अंग्रेजहरु आफ्नो अगाडि नेपालीहरुको चहचहदेखि सहन्नथे । कसरी मिनमेख पार्ने ताकमा कम्पनी सरकार थियो ।
कांगडाको किल्लाको घेरा सन् १८०९ अगस्ट २४ का दिन छोड्नु परेपछि गोर्खालीको राज्यविस्तार गर्ने योजना स्थगित गर्न बाध्य हुनु परेको थियो । सन् १८०८ मा कांगडाको किल्लामा काजी नयनसिंह थापाले वीरगति प्राप्त गरेपछि गोर्खाली पक्ष कमजोर हुँदै गयो ।
तर कांगडाको किल्लामा अन्तिम हमला गर्ने निधो गरी शुरुमा गणेश घाँटी, त्यसपछि गोर्खाली टिला र अन्तिम युद्ध मालकाण्डामा भयो । मालकाण्डाको युद्धमा गोर्खालीहरु हारेपछि कांगडा किल्ला छोड्नु पर्यो । राज्यविस्तारको क्रममा नेपालीहरुको रणकौशल, धीरता र वीरतालाई अगाडि सार्दै त्यस नदीको किनारसम्म पुगेका नेपाली सेनाले कांगडाको गढ रणजित सिंहलाई बुझाई सतलज पार गर्दा नेपाली फौजका प्रत्येक जवानले गहभरि आँशु बोकेका थिए । कांगडागढ छोड्नु परेतापनि पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्मको भू–भाग नेपालको रहेको थियो ।
एङ्ग्लो नेपाल वार अघि कम्पनी सरकारको स्थिति
सन् १५९२ मा ‘माडरे डि डिवस’ नामको ठूलो पोर्चुगिज जहाज जुन भारतीय मालमत्ताले भरिएको थियो । त्यसलाई अंग्रेजहरुले आफ्नो नियन्त्रणमा लिएका थिए । एकलाख पचास हजार पाउण्ड जति मूल्यको सामानबोकेकोे सो जहाजमा बहुमूल्य रत्न, मसला, सिल्क, नैनसुत, कोरा कपडा, गलैचा, दोलाई, रंग, चिनिया माटोले बनेको भाँडाहरु, हात्तीका दाँत जस्ता बहुमूल्य बस्तुहरु र नरिवल आदि सामानहरु रहेको थियो । यी सामानहरु देखेर अंग्रेज व्यापारीहरु पूर्वमा व्यापार गर्न लालायित हुनुको साथै हौसिएका थिए । व्यापारीहरुले पूर्वमा व्यापार गर्न शाही अधिकारपत्र (चाटर्ड) प्राप्त गर्न सरकारलाई दबाब दिन थाले ।
‘जति सक्दो हाम्रो ब्रिटिस अधिराज्यको गौरव बढाउदै जहाजरानीको विकास र विस्तार साथै व्यापारमा प्रगतिको खातिर .......’ भन्ने उद्घोषका साथ सन् १६०० डिसेम्बर ३१ तारिखका दिन ऐलिजावेथ प्रथमले ‘गर्वनर एण्ड कम्पनी अफ मर्चेन्ट ट्रेनिङ्ग इन टु दि इन्डिज’ लाई पूर्वी द्वीपमा एशिया र अफ्रीका देश र त्यसका बाटोहरुमा पर्ने सबै हिन्दद्वीपहरुका बन्दरगाहाहरु, जहाजहरुको आश्रयस्थलहरु, शहर, खाडीहरु, गाउँहरु साथै एशिया र अफ्रीकाको विभिन्न स्थलहरु अनि अमेरिका र त्यसको भित्री भाग साथै त्यहाँबाट बोना ऐपेरोन्जाको अन्तरीय पार (प्रान्त भाग) देखि मेगेलनको जलसन्धिसम्म स्वतन्त्र रुपले व्यापार गर्न अधिकारपत्र (चाटर्ड) प्रदान गरे ।
सन् १६६१ मा लिन्डेनहल स्ट्रिट लण्डन स्थित ज्याकोविन हाउस लिजमा लिई ईष्ट इण्डिया कम्पनी हाउसबाट व्यापारिक साम्राज्य चलाउदै आएको ईष्ट इण्डिया कम्पनीले ९ अगस्त, १६८३ ई.सं. मा अधिकारपत्र नवीकरण गर्दा कम्पनीलाई एशिया, अफ्रीका र अमेरिकामा कुनै अन्य शक्तिको विरुद्ध युद्ध घोषणा गर्न, उसँग शान्ति सम्झौता गर्न, सैनिक शक्ति वृद्धि गर्न एवम् आफ्नो सुरक्षाको लागि सैनिक नियम घोषित गर्ने अधिकार पनि दिइएको थियो ।
१५÷१५ वर्षमा अधिकार पत्र नवीकरण गर्दै व्यापार गर्दै आएको कम्पनीले सन् १७०९ मा आफ्नो अधिकार पत्र ब्रिटिस महारानीलाई फिर्ता गरी नयाँ कम्पनी ‘दि युनाइटेड कम्पनी अफ मर्चेन्टस आफ इङ्गलायण्ड ट्रेनिङ्ग टू दि ईष्ट इण्डिज’ नामबाट व्यापार शुरु गर्न थाल्यो । पछि सो कम्पनी ‘ईष्ट इण्डिया कम्पनी’ बाट चिनियो ।
सन् १७६५ मा शाह आलमबाट ईष्ट इण्डिया कम्पनीले गभर्नरीको अधिकार पाएपछि कम्पनी एउटा व्यापारिक संस्था मात्र नभएर राजनैतिक संस्था बन्न पुग्यो । कम्पनीद्धारा भारतमा राजनैतिक सत्ताको प्रयोग आफ्नै तरिकाले गर्न थाले पछि कम्पनी सरकारकोे ब्रिटेनमा विरोध हुन थाल्यो । संसदले कम्पनीलाई हस्तक्षेप गर्नुपर्छ भन्ने आवाज उठ्न थाल्यो ।
विरोधका आवाज उठ्नुको कारण कम्पनीका कर्मचारीहरु भ्रष्ट हुनु, बंगाल विहार र उडीसामा नीजि व्यापार चलाउनु, घुस लिनु, अनि घुस लिएर जोडेको पैसाले धनी बनी इंग्लैड गएर संसदमा आफ्नो प्रभाव जमाउनु र निर्वाचनमा भाग लिनु, सन् १७६९ मा मैसुरको सुल्तान हैदरअलीसंग कम्पनी सरकार लडाँईमा हारेपछि उनको सबै सर्तहरु स्वीकार्नु, गभर्नरी अधिकार पाएपछि वंगालमा उठ्ने राजस्व अनुमानित रकम ४० लाख पौंड थियो ।
त्यस आम्दानीमा सबै खर्च कटाइ खुद आम्दानी १६ लाख ५० हजार हुने अनुमान गरी सन् १७६६ मा कम्पनीका मालिकहरुलाई दिइरहेको ६ प्रतिशत लांभाश बढाएर १० प्रतिशत गरिनु र त्यो लांभाशको दर सन् १७६९ मा आइपुग्दा १२.५० प्रतिशत हुनु तर पछि फाइदा असत्य भएको र कम्पनी टाट पल्टने अवस्थामा छ भन्ने हल्ला हुनु, आम्दानीबाट ब्रिटिस सरकारलाई सालाना ४ लाख पौण्ड तिर्नु पर्ने टेक्स नतिर्नुका साथै सन् १७७३ सम्म आइपुग्दा कम्पनीका आर्थिक अवस्था बिग्रिए पनि कम्पनीको ६० लाख पौंड प्रति वर्ष नवाव मुगल सम्राट र भारतीय देशी शासकहरुलाई निजी फाइदा लिने हिसाबले सहायतामा खर्च गर्नु, तीस हजार सैनिकलाई पाल्नु पर्ने खर्चको बोझ अनि त्यसको व्यवस्था गर्न ब्रिटिस सरकारसँंग रकम माग्ने काम गर्न थालेपछि ब्रिटेनमा कम्पनीलाई ब्रिटिस सरकारको मातहतमा ल्याउनु पर्ने माग उठ्न थालेको थियो ।
सन् १७७३ मा बृटिस संसद यिनै परिस्थितिबाट बाध्य भएर रेग्युलेटिंग अधिनियम स्वीकृत ग¥यो । यसैसँग भारतमा बृटिस राजको प्रारम्भ हुन गयो । यस अधिकारपत्रको नवीकरण गर्नेअवधि २० वर्ष थियो । यसै अनुरुप सन् १७९३ सम्म नवीकरण गरेर व्यापार गर्दै आएको कम्पनीले सन् १८१३ मा अधिकारपत्र नवीकरण गर्दा चीनसंगको व्यापार र चिया व्यापारमा मात्र एकाधिकार कायम भई अन्य व्यापारमा बृटिस नागरिकहरुलाई खुल्ला गर्ने काम भयो ।
आफ्नो स्थापनाकालदेखि नै हतियार र युद्धको आडमा व्यापार र राज्यविस्तार गर्न हौसिएको ईष्ट इण्डिया कम्पनीको चाल देखेर सन् १६१५ मा राजा जेम्सका राजदुत भएर जहाँगीरको कोर्टमा आएका उच्च घरानिया सर थोमस रोले कम्पनीलाई चेतावनी दिदै ‘ईष्ट इण्डिया कम्पनीले आफ्नो पैसा ठूलो फौजी संरचना र सैनिक विस्तारमा खर्चिनु हुँदैन यदि आम्दानी खोज्ने हो भने बिना विवाद फौजको तयारी र इण्डियामा जमिन युद्ध नगरी समुन्द्रमा खोज्नु, विशुद्ध व्यापारमा खोज्नु’ भनेका थिए । कम्पनी सरकारले बिना कारण मराठा र रोहिलासँग युद्ध घोषणा गरेको र ब्रिटिस सरकारसँग कुनै आज्ञा नलिई गरिएको युद्धमा बृटिस सरकारको धेरै रकम खर्च भएको थियो ।
साथै सन् १७८४ मा कम्पनीले ठूलो घाटा भोगेपछि विलियम पीट्सबाट प्रस्तावित इण्डिया ऐक्ट १७८४ अन्र्तगत कम्पनी उपर बृटिस पार्लियामेन्टले नियन्त्रण गर्दै मद्रास, बम्बई र कलकत्तामा गभर्नर जनरल नियुक्ति गरी सो क्षेत्रमा नियमन गर्न थाल्यो । सर थोमस रो को ‘विशुद्ध व्यापार नीति’ जस्तै विलियम पीट्सको ‘शान्त प्रशमशील सिद्धान्त’ जुन बिना कुनै अर्र्घेल्याइ, बिना राजनैतिक हस्तक्षेप र सत्यतामा आधारित ‘पूजीवादी सपना’ मा अडिन दिएको सल्लाहलाई बेवास्ता गरी आफ्नै धुनमा निरन्तरता दिई कम्पनी सरकार अगाडि बढिरहेको थियो ।
युद्ध हुनुअघि नै कम्पनी सरकारले नेपाल उपर आँखा गाडिसकेको थियो
अंग्रेजले कुमाऊँतिरको भू–भाग हडप्न पहिल्यदेखि नै योजनाबद्ध तरिकाले आँखा लगाइरहेको थियो । काशीपुरमा कम्पनी सरकारले भाँग (अफिम) को कारखाना खोलेको थियो । त्यहाँ कम्पनी सरकारका अफिसर आउँदा कुमाउँको अलौकिक छवि देखेर अच्चमित पर्थे ।
त्यहाँको जंगल, जलवायु र त्यहाँको साधारण परिस्थितिको निरीक्षण गर्नको लागि बैलेसीले मिस्टर गाटलाई ई.सं. १८०२ मा पठाएका थिए । सन् १८११/१२ मा मुरक्रेष्ट र क्याप्टेन हेरसी तिब्बतमा पक्रिएर छुटेर फर्केपछि कुमाउँको बारेमा रिर्पोट पेश गरेका थिए । त्यसपछि कुमाउँको प्राकृतिक संसाधन र प्राकृतिक छटाको वर्णन गरी गार्डनरले पनि रिर्पोट पेश गरेका थिए ।
इतिहासका पानाहरुमा हेस्टिङ्गका माक्र्यूस, फ्रान्सिस रुवाण्डा मोइरो काशीपुरको बाटो हुँदै कुमाउँ पुगेको कुरा इतिहासको पानामा भेटिन्छ । कुमाउँको प्राकृतिक छटा, भूमि, जलवायु, प्राकृतिक संसाधन देखेर चकित हुँदै आफ्नो गोप्य रिर्पोटमा ‘मैले सपनीमा पनि कुमाउँको अद्भुत दृश्य एवम् हिमालयको नैसर्गिक छटालाई देख्ने गर्छु, साथै ईश्वरसंग प्राथना गर्दछु कि त्यो दिन छिटै आओस जब यो सुन्दर देश हाम्रो हातमा आएको हुने छ ।’ भनी उनले लेखेका थिए । यस विषयमा नेपालसँग हुने युद्धभन्दा पहिले नै कम्पनीको भारतीय कर्मचारीले कुमाउँलाई अंग्रेजीराज्यमा मिलाउने निश्चय गरी सकेका थिए भन्ने भनाइ कुमाउँका इतिहासकार बदरी दत्त पाँडेको रहेको छ ।
कम्पनी सरकारले गरेको युद्धको तैयारी
सन् १८१३ मा चार्टडमा भएको नविकरणले ईष्ट इण्डिया कम्पनीको एकाधिकारलाई खुम्चाउँदै अधिकारपत्र अन्र्तगत चीनसंगको व्यापार र चियाको व्यापारमा एकाधिकार कायम गरी बृटिस नागरिकहरुलाई पनि पूर्वी द्वीपमा व्यापार गर्न खुल्ला गरिएको थियो । यसकारणले कम्पनी सरकारलाई चीन जाने सुगम बाटो र चिया खेतीको लागि अनुकूल भूमिको आवश्यकता थियो । जुन भूमि बृहत नेपालको सरहद भित्र थियो । नेपालीहरुसँग सजिलै उक्त भूमि प्राप्त गर्न सकिन्न भन्ने कुरा कम्पनी सरकारले बुझेका थियो । सेनकालमा बुटवल लगायत त्यसको सेरोफेरोको भू–भागलाई अवधको नवाबलाई रकम तिरेर सेनहरुले उपभोग गर्दै आएका थिए । अवधका नवाव आसिफद्दौलाको मृत्युसंगै अवध कम्पनी सरकारको षड्यन्त्रको केन्द्रविन्दु बन्न गयो ।
पहिले त नवाव वजिर अली खाँलाई उनको उत्तराधिकारी बनाइयो तर जब नवाव सआदत अली खाँसँग आधा राज्य दिने कुरामा सौदा भयो तब वजिर अली खाँलाई बन्चित गरी नवाव सआदत अली खाँलाई सिंहासनासीन गरिदिएका थिए । तर अवधमा राजस्व नउठ्नु, राज्यमा शान्ति सुव्यवस्था कायम गर्न नसक्नु एवं कम्पनी सरकारसँग लिएको ऋण तिर्न नसक्नाका कारणले अवधका वजीर नवालले सन् १८०१ मा गोरखपुर र त्यसका आसपासका क्षेत्र कम्पनी सरकारलाई सुम्पिसकेको थियो । यता पृथ्वीपालसेनको पालामा पाल्पाराज्य नेपाल अधिराज्यमा विलय भएपछि कम्पनी सरकारले बुटवलसम्मको भू–भाग आफ्नो अधिकार भएको दाबी गर्दै आएको थियो भने नेपालले जसरी जुम्लाराज्यलाई नेपाल अधिराज्यमा विलय गरेपछि मुस्ताङ राज्य जुन जुम्लाको अधिनमा थियो स्वत नै नेपाल अधिराज्यमा विलय भए झैं सेनराज्यको अधिनमा रहेको बुटवल र स्यूराज ओरिपरिका भू–भाग पनि नेपाल कै हुनु पर्ने दाबी नेपालको थियो ।
साथै जनरल अमरसिंह थापाको कम्पनी सरकारको साम्राज्यवाद विरुद्धपंजाव केशरी रणजितसिंह समीप तेह्र सवाल (बुँदा) भएको पत्र लेखेकोले पनि कम्पनी सरकार आगो भएको थियो । यहि परिप्रेक्ष्यमा नेपाल सरकारसँग भएको सन् १८०१ को सन्धीको धारा ५ मा ‘दुई देशबीच सिमा सम्बन्धी विवाद भएमा न्याय र अधिकारको सिद्धान्तको आधारमा दुवै देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्ने’ उल्लेखित व्यहोरालाई समेतलाई लत्याई, त्यसको अवहेलना गरी पूर्वको बाइस मौजा, बुटवल र स्यूराजको विषयमा खिचलो उठाई सन् १८१४ नवम्बरको १ तारिखका दिन हेस्टिङगका माक्र्युसले नेपाल विरुद्ध एकतर्फ युद्ध घोषणा गर्यो । अंग्रजले पाँच ठाउँबाट आक्रमणको तैयारी ग¥यो । सतलज र यमुना बीचको भू–भागलाई कब्जा गर्न रुपारबाट कर्णेल डेभिड अक्टरलोनी, देहरादुनको भू–भाग कब्जा गर्न सरहानपुरबाट मेजर जनरल रोवट रालो जिलेप्सी (उनले जावा युद्धमा वीरतापूर्वक भाग लिएका थिए उनको नेपालसंगको युद्धमा मृत्यु भयो) गोरखपुरबाट मेजर जनरल जोन सुलिभान उड, मकवानपुरको बाटो भएर काठमाण्डौ हान्न दानापुरबाट मेजर जनरल वेनेट मार्ले र कोशीदेखि टिस्टा नदीसम्मको क्षेत्र हेर्न क्याप्टेन वैरी ल्याटर खटाएका थिए ।
बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एकहजार अंग्रेजी सेना र तीन हजार हिन्दूस्तानी फौज लिई वनारस गोरखपुर, बुटवल हुदै पाल्पा हान्ने र नेपालको पश्चिमको अभेध किल्लाको रुपमा रहेका सैनिक अखाडाहरुलाई राजधानीसँगको सम्पर्क टुटाई दानापुरबाट आएको फौजसँग मिल्ने योजना गरी वनारसबाट गोरखपुरमा १५ नवेम्बर १८१४ इ.सं. का दिन आइपुगे । गोरखपुरमा गाजीपुरस्थित King’s 17th Regiment (पछि Leicestershires Regiment) र प्रताप गढबाट 8th Cavalry पनि थप गरिएको थियो । त्यसबखत यातायातको असुविधाले गर्दा हतियार र खरखजानाहरु गाढाबाट ढुवानी गर्नु पर्ने हुँदा रसद पानी र अन्य सामान ढुवानी गर्न कुल्लीको व्यवस्था गर्दागर्दै ढिलो भइसकेको थियो । सोही बखत आठहजार नेपाली फौजहरु लोटनमा हमला गर्दैछन् भन्ने हल्लाले जनरल उड झन हतोत्साही भएका थिए । आफ्नो पहिलेको योजना अनुसार लोटन, पाल्ही, मिनारी, स्यूराजलाई एकै पटक हमला गर्ने योजनालाई थाती राखी सबै छब्बीस कम्पनीका फौज र एघार वटा गन (ordnance) सहित बुटवल गौडा नै सबैभन्दा पहिले सर गर्ने निधो गरी बुटवलतिर बढका थिए ।
नेपालको तैयारी
कम्पनी सरकारले नेपाल उपर एकतर्फा युद्ध धोषणा गरे पछि नेपाल पनि आफ्नोे तैयारीमा जुट्न थाल्यो । बुटवल बजारको छेउ भएर बग्ने तिनाउ नदीको किनारमा रहेको जीतगढीबाट जमिन अग्लिदै उच्च पहाडको टुप्पामा नुवाकोटगढी रहेको र सो गढीबाट पहाडै पहाड भएर पाल्पा जाने बाटो पनि छेकिने र हाल पाल्पा जाने र राजमार्गको बाटोको निगरानी पनि गर्न पनि सकिने सामरिक दृष्टिकोणले महत्व रहेको नुवाकोटगढीलाई मुख्य सुरक्षा बनाइएको थियो ।
वि.सं. १८१९ मा स्थापित सवूज कम्पनी, वि.सं. १८६९ मा पुर्नगठित सवूज पल्टन, जसले वि.सं. १८२४ सालमा ईष्ट इण्डिया कम्पनीसँग पौवागढीमा युद्ध लडिसकेको थियो भने वि.सं. १८४२ र १८४३ सालमा चौविसे राज्यसँंगको युद्धमा नुवाकोट, कास्की, प्यूठानमा आफ्नो रणकौशल, साहस र वीरता देखाई सकेको गौरवमय इतिहास बोकेकोे सवूज पल्टन सहित गुरु वक्स गुल्मको बल थपी प्रधानमन्त्री भीमसेन थापाले आफ्ना भतिजा कर्णेल उजीरसिंह थापा सो गढीमा डट्का थिए भने करिब ५०० नफ्रि भएको गुरु वक्स गुल्मको दुईसय जवान र सवूज पल्टनको पाँच टुकडी लिई वीरभञ्जन पाण्डे जीतगढीमा डटेका थिए ।
एङ्ग्लो नेपाल वार
कम्पनी सरकारको तर्फबाट तैनाथी लिएर पाल्पा हान्न आएका जनरल उडले पाल्पा हान्न दुईवटा बाटाहरु अपनाएका थिए । पहिले पहाडैपहाड गएर नुवाकोटगढीलाई ध्वस्त पारी पाल्पा हान्ने, अर्को जीतगढीलाई ध्वस्त गरी हालको राजमार्गको बाटो भई पाल्पा हान्ने योजना बनाएका थिए । तर पहिलो योजना अन्तर्गत नुवाकोट पुग्दा नुवाकोटगढीको वरिपरि तीन माइलसम्म खानेपानीको अभावको जानकारी पाए पछि उड अल्मलिएका थिए ।
सिउरा क्याम्पमा पाँच कम्पनी र एउटा तोप छोडी अरु सबै फौज र तोपहरु लिएर जनरल उडको नेतृत्वमा जनवरी ३, १८१५ ई.सं. का दिन बुटवलतिर लागेका थिए । घना जंगल भएको बाटो त्यसमा पनि ढड्डीको जंगलले बाटो तय गर्न पनि कम्पनी फौजलाई गाह्रो परेको थियो । फौज मार्चगर्दा बाटो बिराई जनरल उडसँग जम्मा तीन कम्पनी मात्र साथमा रहन गएको थियो ।
आफु पुगेको ठाउँबाट जंगल समाप्त भएको र ४०÷५० गज पर किल्ला जस्तो पर्खाल देखेपछि जनरल उडले पथप्रर्दशकको रुपमा आएका कनकनिधि तिवारीलाई खोजे तर कनकनिधि तिवारी कही पत्ता लागेन । जनरल उडले सेनाको सानो डफ्फा इन्जिनियरको एन्सायन स्टेफललाई किल्लाको रेकी गर्न पठाए । उनले वरिपरि हेर्दा किल्ला खाली जस्तो देखेर फर्कन मात्र के लागेका थिए किल्लाभित्रबाट गोलीको पर्रा छुट्यो । एकदुई जना त्यहीँ ढले अरु बाँचेर भागे । केही समयपछि कम्पनीका फौजहरु एकत्र भएपछि जनरल उडले फौजलाई दुई ग्रुपमा बाडे । एउटा ग्रुपमा ग्रेनेडियर र दुइ कम्पनी दिई क्रोकरलाई कमाण्डर बनाए र अर्को ग्रुपमायुद्धको नेतृत्व स्वयम्ले लिएर फौजलाई अगाडि बढाए । दुवै पक्षबीच घमासान युद्ध भयो ।
किल्लाको दाहिने तिरबाट हमला गर्नेहरुको टोलीबाट सरदार सूर्य थापाले वीरगति प्राप्त गरे । किल्ला रहेको जमिनभन्दा माथिल्लो ठाउँमा पनि घमासान युद्ध भइरहेको थियो । यसैबखत कर्णेल उजीरसिंह थापा नुवाकोटमा रहेको बाकी सवूज र गुरुवक्स पल्टनका फौजहरु लिई जितगढी भित्रैबाट युद्धको नेतृत्व गर्न थालेका थिए । लडाईमा कम्पनी फौजका वृगेड मेजर हैट र इन्जिनियरका लेफ्टिनेन्ट मोरिशन नराम्ररी घाइते भइसकेका थिए ।
गोरखालीहरुको नफ्रि (सैनिक शक्ति) भन्दा अंग्रेजहरुको नफ्रि ज्यादा भएकोले अंग्रेजहरुले युद्ध त लडिरहेका थिए तर नेपाली सेनाको साहस, रणकौशल र आत्मविश्वासलाई देख्दा जनरल जोन सुलिभान उडको जोश हराइसकेको थियो ।
युद्ध परिणाममुखी नहुनु र अनिश्चित भएको देख्दा आफ्नो सहयोगी हार्डीम्यानसँग सल्लाह गरी युद्ध भूमि छाड्ने (General Retieat) आदेश दिए । नेपाली फौजको साहस र रणकौशललाई नजिकबाट स्पर्श गरेका जनरल उडलाई नेपाली फौजको गढी भित्र प्रतिकुल स्थिति भएको, नफ्रि कम हुँदै गएकोले पहाडतिर लाग्ने तरखर गरेको आभास पटक्कै भएन । अझ कर्णेल उजीरसिंह थापा बाकी फौज लिएर नुवाकोट गढी छोडी जीतगढीमा झरेपछि नुवाकोट खाली भएको र नुवाकोट गढी पुग्न सजिलै भएको कुरा पारिपट्टिको बाटो (हाल राजमार्ग) भई नुवाकोट रेकी गर्न पुगेका मेजर कोमिन फर्केपछि मात्र उडलाई स्थितिको ज्ञान भयो ।
यसले झन जनरल उडलाई युद्धकलामा नेपालीहरुभन्दा आफू पछि परेको भान भयो । यो पहिलो पटकको युद्धमा कति मरे र कति घाइते भए भन्ने विषयमा विभिन्न लेखकहरुको विभिन्न भनाइ रहेको पाइन्छ ।
बुटवलबाट कम्पनी सरकारको फौज फर्केपछि सूरजपुरा हुँदै जनवरी ३ तारिखका दिन लोटन पुगे । जनरल उडलाई बुटवल जीतगढीको विफलताले पोलिरहेको थियो । जीतगढी हान्ने प्रयत्नमा नै उनलागी नै रहेका थिए । एकैचोटि बुटवल नहानी पहिले स्यूराज, तुल्सीपुर सर गरी पूर्वतिर लाग्ने योजना बनाएका जनरल उडले उजीरसिंह थापा नुवाकोटबाट पाल्पा फर्केको चाल पाई यही मौकामा बुटवल हान्न बुटवलतिर लागे । पहिले जस्तै तयारी गर्न समय लागेकोले मार्च ६ का दिन लोटन आइपुगे ।
यसबेला मानसुन सुरु भइसकेको र मौसम खराब भइसकेको थियो । वर्षा लाग्नाले तिनाउ नदी बढी सकेको थियो । नदी तर्न नसकी कम्पनी फौज तिनाउ नदीको पूर्वपट्टिबाट बढ्दै हालको खस्यौली बजारतिर आइपुगेपछि पारी बुटवलतिर तोपको गोला छुट्न थाल्यो । वारिबाट पनि नेपाली फौजले प्रत्युत्तरमा एकदुइ तोपका गोला छोडे । अंग्रेजहरुले गर्दै गरेको गोलाबारीको पारी बुटवलबाट केही जवाफ कारवाही भएन । कम्पनी फौजले गरेको अठार पाउण्डको गोला प्रहारले बुटवल दरबार ध्वस्त भएपछि अंग्रेज फौजले बुटवल बजार र जितगढी शुन्य भएको अनुमान गरे । कुनै किसिमको खतरा नदेखी फौजलाई बुटवल पस्न जनरल उडले आदेश दिए ।
रेकी दलले के तिनाउ नदी पार गर्न लागेको थियो, अभेद्य रुपमा रहेको जितगढीबाट गोलीको पर्रा छुट्यो । केही मरे अरु अंग्रेज फौज भागाभाग भए । आफ्ना जासुसहरुबाट कहिल्यै सत्य कुरा थाहा नहुनु र सानो बस्तीलाई धेरै ज्यानको बाजी लगाउनु जस्ता मनोबल गिरेका र हतोत्साही मनस्थिति बोकेका जनरल जोन सुलिभान उडले यो लडाइ लडिरहनु त्यति युक्तिसंगत देखेनन् । वर्षा सुरु भइसकेको र मलेरिया ज्वरोदेखि अति नै डराउने अंग्रेजहरु नेपाली सेनाको रणकौशल र साहस समेटिएको बुटवल र जितगढी अभेद्य भएको विचार गरी आफ्नै फौजलाई युद्ध मैदानबाट फिर्ता हुने General Retreat को आदेश दिए ।
त्यस बखतको विकसित हतियार, नफ्री ज्यादा भएको कम्पनी सरकारसँग थोरै विकसित हतियार अनि आफ्नै परम्परागत हतियार लिएर युद्ध गर्नु चानचुने कुरा थिएन । तर ‘युद्ध त विचारले लडिन्छ, हतियारले लडिँदैन’ । नेपालीसँग जुन राष्ट्रियताको सोच थियो, त्यो विचार नै पर्याप्त थियो । विभिन्न कारणले नेपालीले पाँच ठाउँमध्ये चारवटा युद्ध मोर्चाबाट पछाडि फर्कनु पर्यो, नौहजार चारसय वर्गकिलो मिटर भू–भाग गुमाउन पर्यो त्यो आफ्नै ठाउँमा छ । त्यो यथार्थलाई आत्मसात गर्नु पर्छ नै तर बुटवल क्षेत्रमा जुन कम्पनी सरकारसँग नेपालले युद्ध लड्योे, नेपालले एक इन्च भू–भाग पनि गुमाउनु परेन, एक पटक होइन पटक पटक कम्पनी फौज खेदिए, यस्तो कन्दरामा पनि हामीलाई परास्त गर्ने रणकौशल बोकेका वीरहरु रहेछन् भन्ने चेत लिएर अंग्रेज फर्के, त्यो समर सौन्दर्यको गौरवमय इतिहासको मूल्य अर्कै छ । पाल्पा–बुटवल क्षेत्रको तैनाथी लिई आएका कर्णेल उजीरसिंह थापा दलमुख भई लडाई लडी साके सम्वत् १७३७ तदनुसार वि.सं. १८७२ मा विजय हासिल गरी विजय पताका फहराएका थिए । विजय पताका त्यसै फहरिएको होइन् । सरदार सुर्य थापा, लेप्टेन अमर अधिकारी, कुम्भदान वृष सुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर वोहोरा, हवल्दार रणसुर वानिया एवं जुठे बस्नेत सहित पाँच सय जनाले वीरगति प्राप्त गर्नुका साथै कर्णेल उजीरसिंह थापाको दलमुखी आँट, काजी वीरभञ्जन पाण्डेको सुझबुझ अनि वीरता, धीरता र रणकौशलले आर्जेको यो भूमिमा यी योद्धाहरुको नाम इतिहासमा सुनौलो अक्षरले कोरिएको ठाउँ ऐतिहासिक जीतगढी हो ।
यस लेखकै अर्को अंश जीतगढी किल्लाबारेको लेख केहीदिनपछि प्रकाशित हुनेछ । श्रेष्ठको ‘पाल्पा नुवाकोट –दि लिभिङ हेरिटेज’ नामक पूस्तक प्रकाशित छ । उनी अरु दुई पुस्तक प्रकाशनको तयारीमा छन् ।
यो पनि