नवलपरासी । जग्गा विवादका कारण पश्चिम् नवलपरासीको रामग्राममा मोटरसाइकलको सकर प्रहार गरी देवरले आफ्नै भाउजुको हत्या गरेका छन् । मृत्यु हुनेमा रामग्राम १० मन्झरिया बस्ने तेजनारायण चौधरिकी श्रीमती अन्दाजी २६ बर्षकी मिरा चौधरी रहेकी छन् ।
जग्गाको विषयलाई लिएर आपसी विवाद हुँदा गएराती करिब १० बजेतिर मिराका देवर बर्ष २७ का चन्दन चौधरीले मोटरसाइकलको सकर प्रहार गरेको डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
सकर प्रहारबाट टाउकोमा गम्भीर चोट लागेकी मिराको जिल्ला अस्पताल परासीबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।हत्या गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरी म्याद थपका लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।