काठमाडौँ I ललिता निवास प्रकरणमा परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ भइरहेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले बुधवार हेर्दा हेर्दैमा राखेको सो रिटमाथि आजको सुनवाइ सुरु गरेको हो ।
इजलासमा बुधवार बहस हुँदाहुँदै समय सकिएपछि रिट निवेदनमाथिको सुनुवाइ हेर्दै हेर्दैमा राखिएको थियो ।
ललिता निवास प्रकरणको अभियोगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेपछि निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम लगायतले सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गर्नुभएको थियो ।
सर्वोच्च अदालतले ललिता निवास प्रकरण सम्बन्धी सो विवादका छुट्टाछुट्टै छ थान रिट निवेदनलाई एकैसाथ राखेर सुनुवाइ गरिरहेको छ ।