पेरिसमा रहेको प्रहरी हेडक्वाटरमा कार्यरत कर्मचारीले तीन प्रहरी अधिकारी र त्यहिँ कार्यरत प्रशासनिक कर्मचारीमाथि चक्कु प्रहार गरेका हुन् । आक्रमणकारीको नाम खुलाईएको छ । प्रहरीको गोली लागेर ती आक्रमणकारीको मृत्यु भएको छ ।
घटना निकै भयभित पार्ने खालको रहेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरी अधिकारीमाथि बढ्दै गएको हिंसाका घटनाको विरोधमा प्रहरीकर्मीले देशव्यापी प्रदर्शन गरेको एक दिनपछि यो घटना भएको हो । घटनाका सम्बन्धमा अनुसन्धान सुरु भएको सरकारी अधिकारीले बताएका छन् ।