मोरङ- विराटनगर महानगरपालिका-१० सोमबारे हाटमा बिहीबार बिहान एक महिलामाथि छुरा प्रहार भएको छ।
सिटी सफारीको ब्याट्रि चार्ज गरेको विषयमा भनाभन हुदाँ सफारीका चालक मेघराज मण्डलले छिमेकी माया देवी मण्डललाई छुरा प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरिक्षक राजकुमार खिउजुका अनुसार ३३ वर्षीय चालक मण्डलले घाइते ३४ वर्षिया मायादेविको टाउकोमा छुरा प्रहार गरेका हुन्।
हाल घाइते महिलाको कोशी अस्पतालमा उपचार भइरहेको छ। घाइते महिलाको टाउको चारवटा टाँका लगाइएको प्रहरीले जनाएको छ। प्रहरी खिउजुका अनुसार मेघराजले सिटी सफारी लुकाएर घाइते मायादेवीको घरबाट चार्ज गरेपछि विवाद बढेको हो।
मायादेवीले बिल धेरै उठ्ने भन्दै आफ्नो घरको बिजुलीमा चार्ज नगर्न आग्रह गर्दा मेघराजले बिहान ११ बजे छुरा प्रहार गरेको उनले बताए।