बैतडी : स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र परिवेश समेटेर दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् ।
पाटन र मेलौली नगरपालिका तथा शिवनाथ र डिलाशैनी गाउँपालिकाले कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गर्न लगाएका हुन् ।
सो पाठ्यक्रम चालू शैक्षिक सत्रबाटै पाठ्यक्रम गरिने डिलाशैनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए । डिलाशैनीले ‘हाम्रो डिलाशैनी’, शिवनाथले ‘हाम्रो शिवनाथ’, पाटनले ‘पाटन परिचय’ मेलौलीले ‘हाम्रो मेलौली’ नाम दिएर पाठ्यपुस्तक तयार पारेका र यस्ता पाठ्यक्रमबाट विद्यार्थीमा स्थानीय वस्तुस्थितिको ज्ञान हुने विश्वास गरिएको छ ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य निकायले पनि पाठ्यक्रम निर्माण गर्ने जनाएका छन् । रासस