बुटवल- इन्टलेक्चुअल एकेडेमी बुटवल ११ कालिकानगरले , "भर्चुअल कविता वाचन " प्रतियोगिता गरेकाे छ । बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भन्डारीको संयोजकत्वमा भएको कार्यक्रममा बिद्यार्थीहरुलाइ प्राथमिक ,निम्न माध्यमिक र माध्यमिक तह गरि तीन भागमा बिभाजन गरिएको थियो । साथै कार्यक्रम छनोट चरण (बिहिवार) र फाइनल चरण (शुक्रबार) गरि दुई चरणमा सप्पन्न भएकाे थियाे।
बिहिवार भएको छनोट चरणमा १ सय ५० बिद्यार्थीहरुले भाग लिएका थिए जसबाट माध्यमिक तहमा ३0 जना , निम्नमाध्यमिक तहमा २0 र प्राथमिक तहमा २० जना विद्यार्थी फाइनल चरण प्रवेश गरेका थिए।
शुक्रबार भएको फाइनल चरणमा माध्यमिक तहबाट कक्षा ९ की शुशिला पान्डे प्रथम, १० कक्षाका शौरभ खनाल दोस्रो र १० कक्षाकै रिना रिजाल तृतीय भएका छन् । निम्न माध्यमिक तहबाट ६ कक्षाका बिनय पोख्रेल प्रथम, ७ कक्षाका सुजल पौडेल दोस्रो र ५ कक्षाकी आशिका पोख्रेलले तृतीय स्थान ल्याएकी छन्। प्राथमिक तहमा ४ कक्षाकी कृतिका पौडेल प्रथम ,३ कक्षाकी शैली देबकोटा द्वितीय र २ कक्षाकी दीक्षा भट्टराई तृतीय भएकी छन्।
बिधालयले पुर्ब प्राथमिक तहका बिद्यार्थीहरुको रयाम्स प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भन्डारीले भर्चुअल माध्यमबाट भए पनि अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने बताएका थिए ।कार्यक्रममा माध्यमिक तहमा तुल्सिराम खाम्चा, निम्नमाध्यमिक तहमा बिकास पान्डे र प्राथमिक तहमा जिना खड्कीले कार्यक्रम संचालन गरेका थिए । निर्णायकको भुमिका शोभा देबकोटा , राजु कुवर ,मन्जु गौतम र सुस्मा देबकोटाले गरेका थिए।