बुटवल- रुपन्देहीमा क्रियाशिल लायन्स क्लव अफ बुटवल मणिसले रुपन्देही, गुल्मी र लमजुङका तीन विद्यार्थीलाई माविसम्मको पुर्ण छात्रवृति प्रदान गरेको छ। मणि उजेशले आर्थिक अभावका कारण शैक्षिक कृयाकलापमा अवरोध नहोस भनेर ती विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको क्लवका अध्यक्ष प्रविना घिमिरे बताईन्।
क्लवका अध्यक्ष घिमिरेका अनुसार क्लवले विभिन्न दाताको सहयोगमा बुटवलको एक्सीस बोर्डिङ्ग स्कुलको युकेजीमा अध्ययनरत विद्यार्थी कृतिका चौधरी, सिद्धबाबा मावि गुल्मीमा अध्ययनरत विद्यार्थी निशान विक र महेन्द्र देव मावि लमजुङ्गमा अध्ययनरत विद्यार्थी मनकसी गुरुङ्गलाई छात्रवृति प्रदान गरिएको हो ।
उनीहरुलाई क्लवले मावि सम्मको अध्ययन गर्न छात्रवृति प्रदान गरेको हो । क्लवले युकेजीमा अध्ययन गर्ने कृतिकालाई १० सम्म, कक्षा ३ मा अध्ययनरत मनकसीलाई १० सम्म र ७ कक्षामा अध्ययनरत निशानलाई १२ कक्षासम्म अध्ययनका लागि छात्रवृति प्रदान गरिएको कार्यक्रम संयोजक शर्मिला गुरुङ्गले जानकारी दिईन् ।
यसैबीच स्कुले विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले मणि उजेशले गरेको हरियाली संरक्षण तथा प्रयावरणीय सचेतना विषयक चित्रकला प्रतियोगितामा रिद्धीमा खरेल र इशान ढकाल प्रथम भएका छन् । दुई उमेर समुहका लागि गरिएको प्रतियोगितामा ७ देखि ९ वर्ष उमेर समुहबाट ढकाल र १० देखि १४ वर्ष उमेर समुहबाट खरेल प्रथम भएका हुन् ।
यस्तै ७ देखि ९ वर्ष समुहबाट सुयस बरुवाल क्षेत्री द्वितीय र विभा सापकोटाले तृतिय स्थान हासिल गरिन् । यस्तै १० देखि १४ वर्ष उमेर समुहबाट काभ्या पौडेल द्वितीय र एलेक्स श्रेष्ठ तृतिय भएको कार्यक्रम संयोजक विनिता श्रेष्ठ जोशिले जानकारी दिईन् । त्यसैगरी लायन्सका डिष्ट्रिक गर्भनर रामप्रसाद भट्टको प्रमुख आतिथ्यतामा लायन्स क्लव अफ बुटवल मणि उजेशले चार्टड डे कार्यक्रम गरेको छ ।
मणि उजेशका अध्यक्ष प्रविना घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पास्ट मल्टिपल काउन्सिल चियरप्रशन सुनिल वझा, एरिया फोर चिफ जीवन गौतम, एक्टेन्शन चियरप्रशन मिरा वझा, एक्टेन्शन चिफ सुनिता श्रेष्ठ, क्लबका चार्टड प्रेसिडेन्ट सृष्टि गुरुङ, क्लबका कार्यक्रम संयोजक सैलेजा श्रेष्ठ लगायतले चार्टड डे को शुभकामना मन्तब्य राखेका थिए ।