काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज प्रकाशित हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एईई परीक्षाको नतिजा प्रकाशित गर्ने तयारी गरेको हो ।
२०७७ को एसईई परीक्षाको लागि लागि ५ लाख १७ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । कोरोना संक्रमणको कारण परिक्षा हुन सकेको थिएन। तर विद्यालयले गरेको आन्तरिक मुल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा सार्वजनिक गर्न लागेको हो ।
नतिजा प्रकाशित भएपछि बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने ब्यवस्था गरेको बोर्डले जनाएको छ।