उदयपुर: नेपाल राष्ट्रिय शिक्षक संगठन उदयपुरगढी गाउँपालिका अध्यक्षमा पुन: श्यामबहादुर खत्री चयन भएका छन् । कमिटीको दोस्राे अधिवेशनले खत्रीको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाेहाे ।
उपाध्यक्षमा राजु राना मगर र महिला उपाध्यक्षमा साबित्री कार्की चयन भएका छन् । सचिवमा हेमबहादुर केप्छाकी, सहसचिवमा सविता शर्मा, कोषाध्यक्षमा दिनेश नारायण श्रेष्ठ र सहकोषाध्यक्षमा चोककुमारी कार्की चयन भएका छन् ।
सदस्यमा मीना कार्की, खड्गबहादुर कटुवाल, जातेबहादुर सार्की, शोभा खड्का, धनबहादुर कार्की, गोपाल कार्की, डण्डिकेशर सुस्लिङ मगर, लोकबहादुर तामाङ, नन्दलाल पण्डिल लगायत रहेका छन् ।