रुपन्देही । रुपन्देहीका पाँच जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा जीपीए चार ल्याएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीकाअनुसार बुटवलको न्यू होराइजन माबिका स्प्रीया ढकाल र बिमर्श ज्ञवाली, अक्सफोर्डका बिलक्षण भुसाल र दिपेश भुसाल तथा कालिका मानवज्ञानबाट विवेक न्यौपानेले ४.० जीपीए ल्याएका हुन् ।
कालिका मानवज्ञान नेपालकै धेरै विद्यार्थीले अध्ययन गर्ने सामुदायिक विद्यालय हो । जहाँ आठ हजार विद्यार्थी अध्ययनरत छन् । परीक्षामा रुपन्देहीका ३३५ बिद्यालयका १७ हजार ६९२ जना बिद्यार्थी सहभागी भएका थिए ।
जसमा जीपीए ३.६ भन्दामाथि ४.० भन्दा कम ल्याउने विद्यार्थी संख्या ३५० रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिपेन्द्र ढकालले जानकारी दिनुभयो ।