बुटवल । चिसो बढेपछि रुपन्देहीको सैनामैना नगरपालिकाका विद्यालय बन्द भएका छन् ।
चिसो र शितलहरले जनजीवन प्रभावित भएको भन्दै सैनामैना नगरपालिकाले आजदेखि ५ दिनका लागि नगरभित्रका विद्यालयमा जाडो विदा दिइएको जनाएको छ ।
हिउँदे विदाबाट कट्टा हुने गरीे पुष २५ देखि २९ गते सम्मको लागि विदा दिइएको नगरपालिकाका उपसचिव हेमराज अर्यालले जानकारी दिनुभयो ।