भैरहवा–रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयले विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।विद्यार्थीलाई विज्ञान विषयका सम्भावनाका साथै संकायगत ज्ञान, अध्ययनको शैली र लक्ष्य निर्धारण गर्ने तरिका सिकाउनका लागि एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो।
विद्यालयले गत वर्ष देखि सञ्चालन गरेको सिटीइभिटी अन्तर्गत ३ वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र यस वर्ष देखि कक्षा ११ मा विज्ञान संकायको कक्षा सञ्चालन गरेको छ। अध्ययनरत बिद्यार्थीहरुलाई स्वागत गर्दै सैद्धान्तिक भन्दा व्यवहारिक तथा गुणस्तरीय शिक्षामा जोड दिन अभिमुखिकरण गरिएको विद्यालयका प्रचार्य गणेशप्रसाद भट्टराईले बताए ।
विद्यालयका सहायक प्राचार्य रुप कुमार रायमाझीले स्वागत गर्दै प्रविधिक शिक्षा के हो, यसको आवश्यकता र भविष्यको बारेमा जानकारी गराएका थिए भने प्रविधिक प्रशिक्षक अर्णम सरकारको विषयीक प्रस्तुतिकरण गरेका थिए।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारी, प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी, वडााध्यक्ष राजनजंग राणा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जर्नादन पोखरेल लगायतले यस नगरको गहनाको रुपमा रहेको विद्यालयको गुुणात्मक र नतिजामुखी शिक्षाको विकासका सबै लाग्नुपर्ने बताएका थिए।