बुटवल । सोमबार प्रकाशित कक्षा १२ को नतिजामा बुटवलको न्यू होराइजन माध्यमिक विद्यालयकी सुम्निमा श्रेष्ठले जीपीए ४ अंक हासिल गरेकी छन् । विद्यालयले उक्त नतिजा नेपालमै सबैभन्दा धेरै भएको दावी गरेको छ ।
देशभरबाट ४ लाख ३२ हजार विद्यार्थीहरु कक्षा १२ को परिक्षामा सहभागी भएका थिए । विज्ञान संकायमा नेपालमा नै सबैभन्दा उत्कृष्ट सुम्निमाको रहेको विद्यालयले बताएको छ ।
त्यस्तै विद्यालयबाट विज्ञान संकायबाट सक्षम देवकोटा र अमृत अर्यालले ३.९२ जीपीए र व्यवस्थापन संकायकी दिब्या उपाध्यायले ३.८४ जीपीए हासिल गरेका छन् । ९० जना मध्ये विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकाको २३ जनाले ए प्लस ग्रेड हासिल गरेको बिद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले बताए ।