काठमाडौं : यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ गतेदेखि सुरु हुने भएकाे छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई सञ्चालन गर्ने निर्णय गरेको हाे ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए। गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।
‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा कक्षा १० को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।