सैनामैना । रुपन्देहीको सैनामैना ४ मुर्गिया स्थित पर्रोहा बहुमुखी क्याम्पसको अध्यक्षमा खुसीराम चौधरी निर्वाचित भएका छन्। क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्वका लागि शनिबार प्रगतिशिल प्यानल र लोकतान्त्रिक, संयुक्त समावेशी प्यानलबिच भएको भएको निर्वाचनमा प्रगतिशिल प्यानलका अध्यक्ष पदका उम्मेदवार खुसीराम चौधरी निर्वाचित भएका हुन् ।
लोकतान्त्रिक, सुंयुक्त समावेशी प्यानलका अध्यक्ष पदका उम्मेदवार प्रेम कुमार शर्मा ( सागर ) लाई ७५ मतले पछि पार्दै चौधरी विजयी बनेका हुन् । चौधरीले १ सय ९८ मत प्राप्त गर्नुभयो भने शर्माले १ सय २३ मत प्राप्त गरे ।
त्यसैगरी खुल्ला सदस्यहरुमा लोकतान्त्रिक, समावेशी प्यानलका खम बहादुर खत्री, देवराज पौडेल र विष्णुकान्त गौतमलाई पराजित गर्दै प्रगतिशिल प्यानलबाट नरहरी अर्याल, कमलराज घिमीरे र मञ्जु ज्ञवाली विजयी भएका छन् । विजयी अर्याल, घिमीरे र ज्ञवालीले क्रमश ः २ सय ३, १ सय ९४ र १ सय ८४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै लोकतान्त्रिकका खुल्ला सदस्यहरु खत्री, पौडेल र गौतमले क्रमश ः १ सय ४५, १ सय २० र १ सय ११ मत ल्याए । त्यस्तै प्रगतिशिल प्यानलबाटै महिला सदस्यहरुमा २ सय ७ मत ल्याउँदै रीनादेवि केसी र १ सय ९७ मत ल्याउँदै पुप्पा पौडेल विजयी भएका छन् ।
लोकतान्त्रिकका तर्फबाट महिला सदस्यमा उम्मेदवार बनेका सरस्वती पोखरेलले १ सय १८ र गौसरा बुढाले १ सय १४ मत प्राप्त ल्याई पराजित भए । शनिवार भएको निर्वाचनमा ३ सय ३९ मतदाता मध्ये ३ सय २९ मत खसेको थियो । शनिबार बिहान ८ देखि दिउँसो २ बजे सम्म मतदान भएको थियो । मतगणना लगत्तै मतगणना सुरु गरिएको थियो ।