बुटवल : दीप बोर्डिङ हाई स्कूलले शैक्षिक सत्र २०७६ सालको शैक्षिक तथा अन्य गतिविधिमा उत्कृष्ट हुन सफल विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।
पुरस्कार वितरण कार्यक्रममा कक्षा पाँचदेखि कक्षा ९ सम्मका कक्षागत प्रथम, द्वितीय र तृतीय तथा तहगत रूपमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई टीका, प्रमाणपत्र तथा मायाको चिनोद्वारा पुरस्कृत गरिएको थियो भने उत्कृष्ट विद्यार्थीहरूका अभिभावकहरूलाई समेत सम्मान गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा शैक्षिक सत्र २०७६ मा कुशलतापूर्वक मोनिटरको जिम्मेवारी पूरा गरेका, विद्यालय खुलेको दिन पूर्ण रूपमा उपस्थित भएका, अनुशासनमा अब्बल ठहरिएका र सरसफाईमा अब्बल साबित भएका विद्यार्थीहरूलाई मेडलद्वारा पुरस्कृत गरिएको थियो भने विद्यालय खुलेको पूरा दिन विद्यालयमा उपस्थित हुने शिक्षक तथा कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको प्रमुख आतिथ्यता, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल तथा सुरेन्द्रकुमार शाक्य, कक्षा ९ र १० का संयोजक के.बी. खाम्चा, कक्षा ७ र ८ का संयोजक कृष्ण भुसाल, कक्षा ५ र ६ का संयोजक गान्धीराज थापा लगायत अभिभावकहरूको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गरेका थिए , भने रेखा आचार्य, अमर खत्री, बेबी किराँत, कविता ज्ञवाली, शारदा न्यौपाने, सन्दिप बस्याल, श्याम बस्याल, विन्देश्वर शाह, विजय सापकोटा लगायतले सहयोगी भूमिका निर्वाह गरेका थिए ।