बुटवल । मारिया मन्टेश्वरी इन्टरन्याशनल स्कुल बुटवलले सरस्वती पूजाको अवसरमा बालबालिकालाई स्मार्टबोर्डमा अक्षरारम्भ गराएको छ ।
स्कुलमा आयोजित एक कार्यक्रममा स्कुलका प्रिन्सिपल मधुप्रसाद अर्यालले नवआगन्तुक बालबालिकालाई स्मार्टबोर्डमा अक्षरारम्भ गराएका हुन् । यस क्षेत्रमै पहिलोपटक स्मार्टबोर्डमा अक्षरारम्भ गर्दै आधुनिक प्रविधिलाई अनुसरण गरिएको उनले बताए ।
स्कुललाई समयानुकुल प्रविधिमैत्री बनाउँदै लैजाने लक्ष्य रहेको बताउँदै उनले यस क्षेत्रकै नमूना स्कुलका रुपमा स्थापित भएको बताए ।
सो अवसरमा २० जनालाई मात्रै भर्ना लिइएको उनले बताए । स्कुलले संख्यामा भन्दा गुणस्तरमा ध्यान दिएकोले सीमित सिटमा मात्रै विद्यार्थी भर्ना गरेको उनले बताए ।
मारिया मन्टेश्वरी इन्टरन्याशनल स्कुल बुटवलले यस क्षेत्रमै मन्टेश्वरी पद्धति पूर्ण रुपमा अपनाउँदै सिकाइलाई जीवनयापनजस्तो सहज बनाएको स्कुलका प्रिन्सिपल अर्यालले बताए ।