काठमाडाैँ- सरकारले सहरी क्षेत्र र कोरोना संक्रमण बढेका जिल्लाका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। सोमबार विहान बसेको मन्त्रीपरिषदको बैठकले बैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्ने र अनलाईन माध्यमबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअघि शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
सिसीएमसीका सिफारिसमा सहरी क्षेत्रका स्कुल, कलेज, फिल्म हललागयत भीडभाड हुने स्थान वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।