काठमाडौँ - यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसइइ र कक्षा १२ को परिक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार विहान बसेको बैठकले दुबै परिक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परिक्षा जेठ १२ गतेबाट हुने तय भएको थियो ।
कोभिड बढ्दो संक्रमणका कारण परिक्षा सञ्चालन गर्न सक्ने अवस्था नभएकाले तत्कालको लागि स्थगित गरिएको राष्टिय परिक्षा वोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । परिक्षाको अर्को सूचना फेरी प्रकाशित गर्ने उनले बताए ।
यस वर्ष ५ लाख १७ हजार विद्यार्थीले एसईईको तयारी गरेका थिए । ४ लाख जतिले १२ कक्षाको परिक्षा दिँदै थिए।