बुटवल - कोरोना महामारीको बेला विद्यालयमा भौतिक उपस्थितीमा कक्षा सञ्चालन हुन नसकेको बेला लुम्बिनी प्रदेश सरकारले अनलाइन कक्षाको पहुँच बढाउने कार्यक्रम पनि ल्याएको छ।
दुरदराजका विद्यालयका बालबालीका अनलाईन कक्षाको पहुँचबाट बञ्चीत भएको भन्दै बजेट छुट्याएको बजेट वक्तव्यमा उल्लेख छ। अनलाईन कक्षा अर्थात इ लर्निङको पहुँच बृद्धि हुने कार्यक्रम सञ्चालन गर्न भन्दै एक करोड २० लाख रुपैया विनियोजन भएको छ। प्रदेशबो सबै सामुदायीक विद्यालयमा इ लर्निङको पहुँच बढाउने बजेट वक्तव्यमा भनिएको छ।