काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रोकिएका सबै परीक्षा साउनभित्रै सम्पन्न गर्नेगरी तयारी थालेको छ ।
कोरोना महामारीका कारण स्थगित भएका सबै तहका परिक्षा साउन भित्रै सम्पन्न गर्ने तयारी थालिएको त्रिविका परीक्षा नियन्त्रक पुषपराज जोशीले बताएका छन् ।
त्रिविले परीक्षा भौतिक उपस्थितिमै गराउने गरी त्रिविले तयारी थालेको हो । चल्दाचल्दै स्थगित भएका परीक्षा पहिला सञ्चालन गरिसकेपछि स्नातक तह प्रथम वर्षको परीक्षा गरीने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
जोशीका अनुसार यसपटक पहिलेको तुलानामा परीक्षा केन्द्रको संख्या भने थप गरिने भएको छ । ‘पहिलाका २ सय ४० परीक्षा केन्द्रहरूमा केही थप गरेर ३ सय हाराहारी पुर्याउने जोशीले बताए । परीक्षाको तालिका भने असार ७ गतेपछिको निशेधाज्ञाको स्वरुप हेरेर सार्वजनिक गरिने उनले बताए ।