काठमाडौं-सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ।
केहीसमयअघि सरकारले गरेको निर्णयमा उल्लेख नभएपनि सर्वत्र परीक्षा रोक्न माग गरेपछि सरकारले स्थगित गरेको हो।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए। एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो।