काठमाडौं । चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७७÷७८ का विभिन्न शैक्षिक कार्यक्रमका लागि लिइने एकीकृत प्रवेश परीक्षा साउनमा गर्ने भएको छ ।
गत चैत ३ गते प्रकाशित सूचनाअनुसार अनलाइन आवेदन दिएकाहरूले प्रवेश परीक्षा दिन पाउनेछन् ।
स्नातक तह एमबिबिएस, बिडिएस लगायत शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्न लागिएको आयोगले जानकारी दिएको छ।
परीक्षार्थी आफैँले छनौट गरेका परीक्षा केन्द्रमा परीक्षा दिन पाउने व्यवस्थापन मिलाइएको छ । परीक्षा केन्द्र छनौटमा छुटेका परीक्षार्थीका हकमा काठमाडौं परीक्षा केन्द्र नै कायम गरिएका छन् ।
प्रवेश पत्र परीक्षा सुरू हुनुभन्दा ५ दिनअगाडि परीक्षार्थीले अनलाइनबाट प्रिन्ट गर्नुपर्ने हुन्छ ।