काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन तेस्रो सातापछि लिने तयारी गरेको छ । कोभिड–१९ महामारी दोस्रो लहर फैलिएपछि परीक्षा स्थगित भएको थियो ।
साउन तेस्रो सातापछि परीक्षा सञ्चालन सहमतिका निम्ति मन्त्रालयमा पठाइसकेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए ।
‘सहमति आइसकेको छैन । तर पनि साउनको तेस्रो सातापछि सञ्चालन गर्ने प्रस्ताव गरेका छौं । त्यसैअनुसार विद्यार्थी ढुक्क भएर तयारी गर्न सक्छन् ।’
परीक्षाको मोडलबारे मन्त्रालयले निर्णय गरेपछि सार्वजनिक गरिने जनाइएको छ । गत वर्ष आन्तरिक मूल्यांकन र लिखित गरी दुई प्रक्रियाबाट कक्षा १२ को परीक्षा लिइएको थियो ।