भैरहवा- सामाजिक विकास डिभिजन कार्यालय भैरहवाले उत्कृष्ट विद्यालय र शिक्षकलाई सम्मान गरेको छ । रुपन्देही र नवलपरासी कार्य क्षेत्र रहेको डिभिजन कार्यालयले उत्कृष्ट २ विद्यालय र १९ उत्कृष्ट शिक्षकलाई सम्मान गरेको हो । भानु जयन्तीको अवसर पारेर कार्यालयले रुपन्देहीको कान्ति मावि बुटवल र नवलपारसीको महाकबी देवकोटा मावि सुनवललाई सम्मान गरेको हो ।
दुबै विद्यालयलाई दुई लाख ७५ हजार रुपैया पुरस्कार स्वरुप प्रदान गरिएको डिभिजन कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिए । उत्कृष्ट शिक्षक तर्फ रुपन्देहीका १४ र नवलपारसीका ५ शिक्षक पुरस्कृत भएका छन् । उनीहरुलाई नगद रु २० हजारले पुरस्कृत गरिएको हो ।
कार्यक्रममा शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुरलाल श्रीवास्तवले विद्यार्थी र शिक्षक उत्कृष्ट भएर मात्रै नभई विद्यार्थी उत्कृष्ट हुनुपर्ने बताए । सामुदायिक विद्यालय कुनै पनि निजी विद्यालय भन्दा कम नभएको भन्दै उनले विद्यालयको गरिमालाई जोगाइराख्न आग्रह गरे। मन्त्रालयले गत वर्षबाट नै पुरस्कारको व्यवस्था ल्याएपनि व्यापकता नपाएकोले यस वर्ष डिभिजन कार्यालय मार्फत १९ शिक्षक, २ विद्यालय र एक जना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । यसलाई आगामी दिनमा पनि मन्त्रालयले निरन्तरता दिने बताए ।
शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक टिकराम अर्यालले शिक्षक सिकाईलाई अन्तरक्रियात्मक बनाउने वातावरण सृजना गर्नुपर्ने बताए ।
मन्त्रालयका सचिव तथा कार्यक्रममा अध्यक्ष महादेव पन्थले विद्यार्थी फेल हुनु भनेको समग्र शिक्षक, विद्यालय, पाठ्यक्रम असफल हुन भएको उल्लेख गरे।
शिक्षा प्राणलीमा भएको समस्या र परिवर्तन गर्नु पर्ने नितीलाई सुधार नगरेसम्म यस्को सामाधान नहुने भएकोले समग्र शिक्षा प्रणलीलाई सुधार गर्ने विषयमा मन्त्रालय लागेको छ, यसको लगानी तत्काल नदेखिने भएकाले केही वर्षमा नै सुधार आउने बताए।
पुरस्कृत हुने शिक्षकहरुमा रुपन्देहीका लिलाराम न्यौपाने माविका प्राचार्य गणेश भट्टराई, रामनरेश आदर्श माविका रामसुरेश वर्मा, सिक्टहन माविका दुधनाथ कुवर, सुण्डी माविका सतिशचन्द्र त्रिपाठी, कृषक आदर्श माविका गिरीजा शंकर पाण्डे, भुल्के माविका दुर्गा साकोटा, नहरपुर माविका धनिश्वर गौतम, हरैया माविका मेघनाथ शर्मा, बसन्तपुर दशरथ जनतामाविका राजमहेन्द्र राय, तेनुहवा सामुदायिक माविका मोहम्मद इलियास मुसलमान, जोगडा माविका राजेश्वर निषाद, रामापुर माविका अम्बिका ज्ञवाली, पब्लिक माविका डिलाराम खनाल र फर्साटिकर माविका केशवराज आचार्य रहेका छन।
यस्तै नवलपारसीबाट नवजीवन माविका अर्जुन पौडेल, महाकवी देवकोटा माविका खेमलाल जोशी शर्मा, जनता माविका दीपक भट्टराई र सुबंशी कन्या आधारभूत विद्यालयका विरेन्द्र प्रसाद कुर्मी उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत भएका छन ।
यसैबीच सामाजिक डिभिजन कार्यालय भैरहवाले पत्रकार सम्झना शर्मालाई नगद सहित सम्मान गरेको छ । शर्मालाई नगद बीस हजार सहित सम्मान गरेको हो । शर्मा हाल भैरहवा एफ.एम.को स्टेशन म्यानेजर, भैरहवा टिभी, अभियान दैनिक, नारीबिम्ब लगायतका मिडियामा आबद्ध छिन ।