सैनामैना - रुपन्देहीको सैनामैना नगरपालिकामा पहिलो पटक एमबीएस पढाइ हुने भएको छ । वडा नं. ६ कलौनीस्थित सहिद नारायण पोखरेल रामापुर बहुमुखी क्याम्पसमा एमबीएसको पढाई हुन थालेको हो । यसै आर्थिक बर्ष २०७८/०७९ देखि स्नातकोत्तर तह एमबीएसको पठन पाठन सुूरु हुने क्याम्पस प्रशासनले जनाएको छ ।
एमबीएसको पढाईका लागि अनुमति प्राप्त भएको क्याम्पस प्रमुख यदुलाल पन्थले जानकारी दिए। उनका अनुसार त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएपछि क्याम्पसमा यसै शैक्षिक शत्रबाट पढाई सुरु हुने भएको हो।
त्रि.वि कार्यकारी परिषदको असार २८ गतेको निर्णय नं. ९२३ (१ ) र (२) को निर्णय अनुसार व्यावस्थापन संकायका देशका विभिन्न २३ वटा सामुदायिक क्याम्पसलाई स्वीकृती प्रदान गरेको थियो । जसमा सैनामैनाको सहिद नारायण पोखरेल रामापुर बहुमुखी क्याम्पसले पनि अनुमती पाएको हो ।
भर्नाको लागि साउन १८ गते सम्म आवेदन बुझाउने मिति कायम गरिएको छ भने दोब्बर दस्तुरमा १९ देखि साउन २५ गते सम्म पनि फारम बुझाउन सकिने क्याम्पसले जनाएको छ । प्रबेश परिक्षा साउन ३० गते लिईनेछ । परिक्षाको नतिजा प्रकाशित भएर ६ गतेदेखि भर्ना आरम्भ हुनेछ भने भदौँ १६ गतेबाट कक्षा संचालन गरिनेछ ।
क्याम्समा स्नातक तह सँगै शिक्षाशास्त्र संकायमा यस अघि नै स्नातकोत्तर तह (एमएड)को पढाई हुने गरेको छ । नगरमै एमबिएस पढाइ हुने भएपछि स्नातक तह उत्र्तीण गरेर बसेका सैनामैना र आसपासका बिद्यार्थीले खुसी व्यक्त गरेका छन् । एमबीएस पढ्नकै लागि सैनामैना बाहिर जानुपर्ने बाध्यता पनि हटेको छ ।