वि.सं.२०८२ साल फाल्गुन ५ गते । मङ्गलवार । ईश्वी सन् २०२६ फेब्रुवरी १७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–औशी, २७ घडी ४५ पला, बेलुकी ५ बजेर ४८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–धनिष्ठा, ३७ घडी ५२ पला, बेलुकी ९ बजेर ५१ मिनेट उप्रान्त शतभिषा ।
योग–परिध, ४६ घडी २९ पला, रातको १ बजेर १८ मिनेट उप्रान्त शिव । करण–नाग, बेलुकी ५ बजेर ४८ मिनेट उप्रान्त किंस्तुध्न, रातको ५ बजेर ४३ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मकर, बिहान ९ बजेर ३३ मिनेट उप्रान्त कुम्भ ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५४ मिनेट । दिनमान २८ घडी ३ पला ।
दिन विशेष : धनिष्ठा पञ्चक ९:३३ बजे प्रारम्भ। दर्शश्राद्ध, औँसी, हलो बार्ने। द्वापरयुगादि।
आजको बार बेला
बिहान ६ बजेर ४२ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ४३ मिनेटदेखि बिहान ८ बजेर ६ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर ७ मिनेटदेखि बिहान ९ बजेर ३० मिनेटसम्म चर बेला ।
बिहान ९ बजेर ३१ मिनेटदेखि बिहान १० बजेर ५४ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ५५ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म अमृत बेला ।
दिउसो १२ बजेर २० मिनेटदेखि दिउसो १ बजेर ४३ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखि दिउसो ३ बजेर ७ मिनेटसम्म शुभ बेला ।
दिउसो ३ बजेर ८ मिनेटदेखि बेलुकी ४ बजेर ३१ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ३२ मिनेटदेखि बेलुकी ७ बजेर ३१ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ८ बजेर ६ मिनेटदेखि बिहान ९ बजेर ३० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट :राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रिय मान्यता रहेको ।
ब्रहा मुहूर्त
दिउसो ३ बजेर ६ मिनेटदेखि बेलुकी ४ बजेर ३१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पैतृक धन तथा सम्पत्तिको प्रयाग गरी आम्दानी गर्न सकिनेछ । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । परिवारका आवश्यकता, इच्छा आकांक्षा पुरा गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शुभचिन्तक तथा परिचित व्याक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्त्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहको छ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नी बिच विवाद बढ्नेछ भने चेली माइती बिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुःख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापार तथा सेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिनेछ । कीर्तिमानी काम गरी नाम कमाउन सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईंको नाम रहेनछ । माया प्रेममा सामीप्य बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शरिर अस्वस्थ नहुनाले दैनिक कामहरू गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुने भए पनि टरेर जानेछ । व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानी नगर्नु नै राम्रो हुनेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यतावश छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाइनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्तहरू ठाडिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी फस्टाउनेछ । बिहानको समयमा छोटो दुरीको धार्मिक यात्राको तय हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्ने सकिनेछ । दाजुभाइ, आफन्त तथा छिमेकीका साथ रमाइलो गर्दै दिन व्यातित हुनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी पछिको लागी आम्दानी सुनिश्चित गर्न सकिनेछ । प्रेमको गाँठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा लैजान सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार तथा सेयर बजारमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच विश्वास बढ्नेछ । होटेल, रेस्टुरेन्ट तथा बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । न्याय सङ्गत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आए पनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।
तपाईँको दिन शुभ रहोस् ।