मेलम्ची– मेलम्चीमा फेरि बाढी आएको छ । बुधबार केही घटेको मेलम्चीको बहाव आज बिहीबार बढेको हो । नदीमा बाढी आएपछि स्थानीय बासिन्दा फेरि सुरक्षित स्थानतर्फ भाग्न थालेका छन् ।
सुरक्षाकर्मीले पनि बाढीको संकेत देखिएकाले बिहानैदेखि सुरक्षित स्थानतर्फ जान आग्रह गरका थिए ।
मंगलबार राति आएको बाढी विस्तारै घट्दै गर्दा डुबानमा परेका आफ्ना सामान हेर्न घरतर्फ प्रवेश गरेका स्थानीय फेरि त्रसित बनेका छन् । तल्लो बजार क्षेत्रमा घर भएका स्थानीय अहिले माथिल्लो डाँडातिर भाग्न थालेका छन् ।
यसैबीच चनौटे बजारमा दुई वटा शव फेला परेका छन् । मेलम्चीको बाढीमा ज्यान गुमाउनेको संख्या १० पुगिसकेको छ। १३ जना अझै बेपत्ता छन् ।