काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शुक्रबार विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मतलागि प्रस्ताव पेश गर्नेछन् ।
एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (५) बमोजिम कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । उक्त संबैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको कम्तिमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
मुख्यमन्त्री पोखरेलले काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित बहुमत पुग्ने ३१ जना सांसदको समर्थनमा सरकारमा आफ्नो माग दावी गरेका थिए ।
पोखरेलले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने छ। गण्डकी प्रदेशसभामा हाल जना ५९ सांसद छन्।