काठमाडौं - वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बाढी पहिरोबाट क्षतिग्रस्त मनाङ जिल्लामा विद्युत आपूर्ति सहजताका लागि २५ किलोवाट पिक क्षमताको सौर्य ऊर्जा प्रणाली सहयोग गरेको छ। जेष्ठ २९ देखि आषाढ ३ सम्म तथा जेष्ठ १४ देखि १६ सम्म परेको वर्षाले मनाङको विद्युत संरचनाको पूर्वाधारहरु तथा सडक सञ्जालमा ठूलो क्षति पु¥याएको थियो ।
विद्युत आपूर्तिमा आएको अवरोधका कारण जिल्लाका सरकारी कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवाहरु समेत नियमित रुपमा सञ्चालन गर्न असहज भएको थियो। जिल्ला प्रशासन कार्यालय मनाङ तथा मनाङका जनप्रतिनिधीहरुको अनुरोध अनुसार सौर्य उर्जा प्रणाली प्रदान गरिएको हो।
वैकल्पिक ऊर्जा विकास समितिका अध्यक्ष रहेका उपप्रधान, अर्थ, गृह, एवं ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विष्णुप्रसाद पौडेल पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट जिल्लाका सरकारी कार्यालयहरुको लागि २५ किलोवाट पिक सौर्य ऊर्जा प्रणाली (५ किलोवाट पिक क्षमताका ५ वटा प्रणाली) उपलब्ध गराइएको हो।
सौर्य ऊर्जा प्रणाली उपप्रधानमन्त्री पौडेलको निर्देशन बमोजिम केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारील सोमबार मनाङ्गका निवर्तमान प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ्ग गुरुङ्गलाई हस्तान्तरण गरे । जिल्लामा विद्युत आपूर्ति अबरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालय मार्फत पत्राचार गर्नुको साथै विद्युत प्राधिकरणले समेत तत्काल वैकल्पिक ऊर्जाबाट विद्युत उपलब्धताको लागि सहयोग गर्नको लागि केन्द्रमा आग्रह गरेका थिए।
हस्तान्तरित सामाग्रीहरुमा २८० वाट पिक क्षमताको सौर्य प्यानल ९० वटा, १० के.भि.ए.को इन्भर्टर ५ वटा, १५० एम्पियर आवर (१२ भोल्ट) को ब्याट्री ५० वटा तथा प्रणालीको लागि आवश्यक माउन्टिङ्ग स्ट्रक्चर, केवल, लाइटिङ्ग एरेष्टर, अर्थिङ्ग सेट आदि रहेका छन् ।
कार्यक्रममा मनाङका निवर्तमान सांसद पोल्देन छोपाङ्ग गुरुङ्गले बाढी पहिरोबाट ग्रस्त जिल्लाको लागि केन्द्रद्वारा उपलब्ध गराइएको २५ किलोवाट बराबरको सौर्य ऊर्जा प्रणालीबाट तत्काल सरकारी कार्यालयहरुमा विद्युत उपलब्ध गराउन ठूलो सहयोग पुग्ने बताए । साथै उनले सौर्य विद्युतका सामाग्रीहरु छोटो समयमै उपलब्ध गराएकोमा उपप्रधानमन्त्री पौडेल तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई धन्यवाद समेत दिए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बाढी पहिरोको प्रकोपले चौतर्फी आवश्यकता परेको बेला तत्कालको लागि परिपूर्तिका लागि ५ किलोवाट क्षमताका ५ वटा सौर्य प्रणाली उपलब्ध गराइएको बताए। उनले केन्द्रीकृत विद्युत प्रणालीमा मात्र निर्भर रहेमा बाढी पहिरो जस्ता प्रकोप आउँदा समस्या हुने भएकोले वितरित उत्पादन प्रणाली (डिस्ट्रिब्युटिड जेनेरेसन सिस्टम) देशमा अन्य स्थानहरुमा समेत राख्नुपर्ने बताए।
आवश्यक जडान प्राविधिकहरु सहित सामाग्रीहरु काठमाडौंबाट प्रस्थान गरिसकेको छ। कूल २५ किलोवाट पिक क्षमताको सो प्रणाली ५÷५ किलोवाटको दरले ५ स्थानमा जडान गरी उत्पादित विद्युत सरकारी कार्यालयहरुमा वितरण गरिनेछ।
जेठको दोस्रो साता तथा असारको शुरुवातमा मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङ जिल्लाको चामे र नासो गाउँपालिकामा व्यापक क्षति पु¥याउनुको साथै जिल्लामा रहेको जलविद्युत आयोजना तथा प्रशारण लाइनमा क्षति पुगी जिल्ला नै अन्धकारमय बनेको थियो ।