१. नेपाली सेनाको प्रधानसेनापतिमा हालै कसलाई नियुक्त गरियो ?
- बलाधिकृत रथी प्रभुराम शर्मा (२०७८ भदौ २४ देखि कार्यकाल सुरु)
२. जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन कहिले भएको हो ?
- वि.सं. २०७८ भदौ १०
३. माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता कहिले प्रदान गरिएको हो ?
- वि.सं. २०७८ भदौ ९
४. चीनले निर्माण गरेको विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) महिला समाचारवाचकलाई के नामकरण गरिएको छ ?
- शिन शाओमेग
५. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि गरिएको हो ?
- वि.सं. २०७७ फागुन २२
६. राष्ट्रिय योजना आयोगले कतिवटा औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको छ ?
– तीनवटा । (कञ्चनपुरको दैजी–छेला, बाँकेको नौवस्ता र मकवानपुरको मयूरधाप)
७. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
- भीमशमशेर
८. नवीकरणीय ऊर्जाको विश्वव्यापी रूपमा व्यापक प्रयोग र दिगो उपयोग गर्ने उद्देश्यका साथ इन्टरनेसनल रिन्युएबल इनर्जी एजेन्सी (आइरेना)को स्थापना कहिले भएको हो ?
- सन् २००९ जनवरी २९
९. नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ?
- वि.सं. २०७४ भदौ ५
१०. पाटनको सुन्दरी चोक सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?
- वि.सं. २०७४ कात्तिक १२
११. दधिची भन्नाले दानी एवं त्यागी बुझिन्छ भने भगीरथ भन्नाले के बुझिन्छ ?
- परिश्रमी
१२. अर्बुद रोगको उपचारमा प्रयोग हुने विधि केमोथेरापी÷रेडियम थेरापी हो भने कुष्ठ रोगको उपचारमा प्रयोग हुने विधि कुन हो ?
- मल्टी ड्रग थेरापी
१३. बारुदी सुरुङमुक्त घोषित हुने पहिलो एसियाली राष्ट्र कुन हो ?
- नेपाल
१५. नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले भएको हो ?
- वि.सं. १९३८
१६. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना कहिले भएको हो ?
- वि.सं. २०६८ साउन २०
१७. राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले गरिएको हो ?
- वि.सं. २०७६ माघ २६
१७. एसिया प्रशान्त आर्थिक सहयोगको स्थापना कहिले भएको हो ?
- सन् १९८९
१८. सरकारले सवारीचालक अनुमति–पत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?
- वि.सं. २०७२ मङ्सिर १४