सामसङ कम्पनीले ग्यालेक्सी एम–४१ मोबाइल बजारमा ल्याउँदै छ। हालै प्रकाशित भएको एक रिर्पोटका अनुसार कम्पनीले नयाँ विशेषतासहित एम–४१ बजारमा ल्याउन लागेको हो।
ग्यालेक्सी–४१ मा ६ हजार ८ सय एमएचको लिथियम–आयान ब्याट्री हुनेछ। यो ब्याट्री १५ प्रतिशत छिटो चार्ज गर्न सक्नेछ। र, धेरै टिक्ने पनि हुनेछ। यो ग्यालेक्सी एम ४०को अपग्रेटेड मोडेल हो। यसमा ३५०० एमएचको ब्याट्री रहेको थियो। रिर्पोटका अनुसार ग्यालेक्सी एम ४१ मा ६.६७ इन्चको ल्फेक्जिबल डिस्प्ले पूरै एचडीमा हुनेछ।
एम ४१ मा ६ जिबी र्याम र ९ हजार ६ सय ३० को प्रोसेसर छ। यसमा तीनवटा रियर क्यामेरा सेट गरिएका छन्। रियर क्यामेरामा ६४ मेगापिक्सलको प्राइमरी सेन्सर, १२ मेगापिक्सलको अल्ट्रा वाइड सेन्सर र ५ मेगापिक्सलको डेप्थ सेन्सर क्यामेरा रहेका छन्। यसको बजार मूल्यको बारेमा अझैं बताइएको छैन।