बुटवल- प्रदेश ५ मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको तथा रोजगार कार्यक्रमको लागि १५ जना सहजकर्ताको लागि आवेदन माग भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रदेशका ९ वटा जिल्लाका लागि सहजकर्ताको लागी आवेदन मागेको हो।
मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको र सामाजिक परिचालकको रुपमा कम्तीमा ३ वर्ष काम गरेकाले आवेदन दिन सक्नेछन्। आवेदन दिनको लागि २१ वर्ष पुरा भइ ४० वर्ष ननाघेको हुनुपर्ने छ।
रुपन्देही र कपिलवस्तुमा ३–३ जना, नवलपरासी पश्चिम र बर्दियामा २–२ जना, पाल्पा अर्घाखाँची, दाङ, रोल्पा र बाँकेमा एक-एक जना सहजकर्ताको लागि आवेदनको माग गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।