बुटवल-बुटवल उपमहानगरपालिकाले तल्लो तहका विभिन्न पदमा १८ जना कर्मचारी माग गरेको छ।
उपमहानगरले एक सूचना प्रकाशित गरी सामाजिक परिचालक, सवारी चालकसहित अरु सहयोगी कर्मचारीहरु माग गरेको हो। सूचनामा एक जना सहायक चौथो तहको सामाजिक परिचालक माग गरिएको छ। १२ कक्षा पास गरेकाले सो पदमा आवेदन दिन सक्नेछन्।
सामाजिक परिचालकको लागि ३ सय रुपैयाँ दस्तुर तोकिएको छ। प्रथम तहको कार्यालय सहयोगीको लागि ६ जना, हलुका सवारी चालक ३ जना, हेभी सवारी चालक ३ जना र सरसफाइकर्मी ५ जना माग गरेको हो।
यी पदका लागि साधारण लेखपढ भएकाले आवेदन दिन सक्नेछन्। चालकको लागि प्रयोगात्मक र अन्तरवार्ता तथा कार्यालय सहयोगी र सरसफाइकर्मीको अन्तरवार्ताबाट छनोट गरिएको छ।
चालकको लागि २ सय र सहयोगी तथा सरसफाइ कर्मचारीको लागि १ सय रुपैया आवेदन दस्तुर तोकिएको छ। इच्छुकहरुलाई असोज २० गते भित्र आवेदन दिन भनिएको छ। यी सबै कर्मचारी करारमा भर्ना गर्ने उपमहानगरपालिकाले जनाएको छ।